rajesh payal rai America program
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ९ मंगलबार । नेपाली साङगीत तथा पाश्र्व गायनका नम्बर एक गायक राजेश पायल राईले अमेरीकामा डेढ दर्जन भन्दा बढी भब्य कार्यक्रममा साङगीतक तहल्का मच्चाएका छन् । गायक राजेशपायल करिव २ महिनायता अमेरिकाको विभिन्न सहरमा साङगीतिक कन्र्सट गर्नमा व्यस्त छन् ।
यस्तै क्रममा गायक राजेशपायल राई यतिबेला युएसए टुरको अन्तिम ऋंखलामा रोचेस्टरमा आफ्नो १५औं साङगीतिक प्रस्तुती मार्फत तहल्का मच्चाएका छन् । नोभेम्बर २३का दिन प्रजित रानालगायत भूटानिज युनिट टिमले आयोजना गरेको राजेशपायल इन रोचेस्टर नामक कार्यक्रममा राई सार्वाधिक दर्शकसामु छाए । गायक राईले कार्यक्रममा उनले दर्शन नमस्ते २ हुंदै दिक्तेल बजारलगायत दर्जनौं गीत प्रस्तुत गर्दासमेत दर्शकको चाहना नपुगेपछि राईले मलाई पनि अंग्रेजीमा बोल्न सिकाई देउन लगायत २५ भन्दा बढी गीत प्रस्तुत गरे । यी सबै गीतहरु दर्शकहरुको वान्समोरलाई नकार्न नसकेर राईले प्रस्तुत गर्न परेको आयोजकले बताए । राईले युएसए टुरको अन्तिम कार्यक्रम साउथ डेकोटामा ३० नोभेम्बरमा भब्य रुपमा गर्दैछन् । साही कार्यक्रम गायक राजेशपायलको यसपटकको अमेरिकाका लागि अन्तिम कार्यक्रम रहेको छ । त्यसपछि उनी नेपाल फर्कने कार्यक्रम छ ।
[gss ids=”6621,6619,6620″]
प्रतिक्रिया