Pradeep Bhardwaj movie chalechha batas sustari
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज १० बुधबार । चलचित्र लेखनमा क्रियासिल रहदै आएका प्रदिप भारद्धाजले अब निर्माणमा पनि हात हाल्ने भएका छन् । चलेछ बतास सुस्तरी’ बाट उनि निर्माणमा देखिन लागेका हुन् । चलचित्र अहिले प्रिपोडक्सनमा छ ।
अरुण फिल्मस् प्रालिको ब्यानरमा बन्ने यो चलचित्रको बिहिबार टाइटल दर्तासगै प्रि…पोडक्सन कार्यसुरु गरिएको हो । अरुण फिल्मस्को तेस्रो प्रस्तुतिका रुपमा रहने यो चलचित्रलाई अरुण खड्का र प्रदिप भारद्धाजले मिलेर निर्माण गर्न लागेका हुन् । यो चलचित्रबाट सब्बु भारद्धाज र अनिला खड्का निर्देशनमा देखिने भएका छन् । चलचित्रको शुक्रबारबाट गीत रेकडि कार्य पनि सुरु भएको छ । बिकाश चौधरी र सन्तोष रजौरेको संगीत रहने यो चलचित्रको गीतका शब्द प्रदिपकै छ ।
म्युजिकल लवस्टोरी बिषय कथामा उठाएको चलचित्रको लेखान भारद्धाज आफैले गरेका हुन् । चलचित्रले प्रेम तथा सामाजिक कथा बोल्ने भारद्धाजले बताए । केही अगाडीदेखि निरन्तार रहेको आफ्नो चलचित्र कर्मलाईनै अझ अगाडी लैजान आफुले चलचित्र निर्माण गर्न लागेको हु’ भारद्धाजले भने लेखन सगसगै अब निर्माणलाई पनि लैजाने छु ।’ चलचित्र लेखनको अनुभव निर्माणमा उतार्न लागेका भारद्धाजले सुनाए । चलचित्रको कलाकार तथा प्रबिधिक अहिले छनौटको क्रममा छन् ।
लेखकसगको सहकार्यमा चलचित्र बनाउनु आफ्ना लागी पनि राम्रो अनुभव हुने निरुणले निर्माता बताए । चलचित्र लेखनमा पनि सल्लाह गरेको बताउने अरुले यस अगाडी तिम्रो लागी र पाठशाला’ नामक चलचित्र निर्माण प्रर्दशन गरिसकेका छन् ।
प्रतिक्रिया