rajesh payal rai us tour news
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, मंसिर १६ मंगलबार । नेपाली संगीतका बाद्शाह भनेर चिनिने नेपाली आधुनिक तथा पाश्र्व गायनका नम्बर एक गायक राजेशपायल राईले अमेरिकाको दकोटामा हजारौ नेपाली बिदेशी दर्शकहरुलाई नचाएका छन् । गायक राजेशपायल राईको साङगीतिक युएस टुरको अन्तिम कार्यक्रम अमेरीकाको दकोटामा रहेको थियो । गायक राईले आफ्नो साङगीतिक प्रस्तुती मार्फत नै दोकटामा नेपालीबासीहरुसंग बिदाई मागे ।
आयोजकले बताए अनुसार अहिले सम्मको नै ठुलो साउन्ड सिस्ट्म रहेको कार्यक्रममा हजारौ दर्शकहरुको बाक्लो उप्स्थिती रहेको थियो । गायक राईले कार्यक्रमको बिच भागमा बोल्दै कार्यक्रमको साउण्ड सिम्टम अहिले सम्मकै उत्कृष्ट रहेको धारणा राख्दै साउण्ड सिस्टम इन्जिनियर नेपालबाट आएका एरेन्जर समेत रहेका पविधन खालिङलाई सम्मान गरे । गुरुङ समाज द्धारा आयोजित सो कार्यक्रमलाई ललि गुरुङ, नरेश गुरुङ सुधा गुरुङ र रबी गुरुङले आयोजना गरेका हुन ।
गायक राईका सुपरहिट गीतहरु नाई नभन्नु ल, तिम्रो मुस्कान, सर सर माया वरवर, धरान धनकुटा भेडेटार, दर्शन नमेस्ते, सागर सरि चोखो माया, चौबन्दी चोलीले, बल्ला भेट भो आदङ्वे, दिक्तेल बजार, नौजाले मायाले, मलाई पनि अङरेजीमा बोल्न सिकाइ देउन लगायत दर्जनौ नया पुराना गीत गाएर उपस्थित दर्शकहरुलाई स्टेज अगाडी नाच्न बाध्य बनाएका थिए । साउथ दकोटाको लागी यो अन्तिम कार्यक्रम रहेको छ । त्यसपछी उनि क्यानडा, मकाउ, बहराइन् र कतारको साङगितिक कार्यक्रममा जाने बताइएको छ ।
[gss ids=”6801,6805,6804,6802″]
प्रतिक्रिया