rajesh-payal-rai-and-rajesh-hamal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, जेठ १२, सोमबार । गायक राजेशपायल राईलाई अहिले एक्लिएको आरोप नै लाग्न थालेको छ । प्रसंग हो महाअभिनेता राजेश हमालको बिबाह । मितज्यू हमालले बिबाह गरेपछी एक्लिएका नेपाली आधुनिक तथा पाश्र्वगायनका नम्बर एक गायक राजेशपायल राई आफ्नो एक्लोपन मेटाउन वल्डटुरका लागी निस्कदैछन् ।


अहिलेसम्म गर्लफ्रेण्ड नभएको बताउदै आएका गायक राई बिबाहको प्रेसरका कारणले अबको २ वर्ष भित्रमा आफुलेपनि बिबाह गर्ने कुरा विशाल चौतारीलाई बताए ।
जेठ १६ गतेदेखि गायक राजेशपायल र हमाल कार्यक्रमको सिलसिलामा अष्ट्रेलियाको टुरमापनि सँगै हुनेछन् । अष्ट्रेलियाको कार्यक्रमपछि अभिनेता हमाल नेपाल फकिर्नेछन्, भने गायक राजेशपायल फिनल्याण्ड, क्यानडा, मलेसिया, साउथ कोरिया लगायतका देशहरुमा करिब १ महिना १५ दिनजति बिताएर मात्रै नेपाल फकिर्नेछन् । नेपाल फर्कने बित्तिकै गायक राजेशपायलको अहिलेसम्मकै महत्वकाक्षि राई भाषाको एल्बम ‘स्यामुना’ बजारमा ल्याउने बताएका छन् ।
प्रतिक्रिया