d cine award 2014 aaryan sigdel and keki adhikari
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौं, २०७१, मंसिर १७ बुधबार । अभिनेता आर्यन सिक्देल र अभिनेत्री केकी अधिकारीलाई यो साता अवार्डमय बनेको छ । त्यहीपनि २ दिनको अन्तरमा एउटै सिनेमाबाट यी दुई जोडीलाई अवार्ड आ–आफ्नो पोल्टामा परेको हो ।
आज कमलादी स्थित प्रज्ञा–प्रतिष्ठानमा ओयोजना गरिएको डि सिने अवार्डमा उत्कृष्ठ अभिनेताको अवार्ड आर्यन सिक्देललाई प्राप्त भएको हो भने अभिनेत्री केही केही अधिकारीलाई उत्कृष्ठ अभिनेत्रीको अवार्ड हात परेको हो । गत १५ गते आयोजित ‘कामना अवार्ड’मा उत्कृष्ट अभिनेता तथा अभिनेत्रीको अवार्ड यही दुई जोडीले जितेका थिए ।
उता २ विधामा अवार्ड आत पारेको चलचित्र ‘मोक्ष’ उत्कृष्ट चलचित्रको अवार्ड पाएको छ । त्यस्तै ५ विधामा अवार्ड पाउदै सर्वाधिक अवार्ड प्राप्त गरेको चलचित्र ‘नाई नभन्नु ल २’का निर्देशक विकाश आचार्य उत्कृष्ट निर्देशकको अवार्ड हात पारे । विभिन्न २२ विधामा प्रदान गरिएको अवार्डमा चलचित्र ‘छ एकान छ’लेपनि सर्वाधिक ५ विधामै अवार्ड प्राप्त गरेको छ ।
समारोहमा क्रिटिक्स अवार्डबाट अभिनेत्रीतर्फ नम्रता श्रेष्ठ, अभिनेतातर्फ अर्पण थापा पुरस्कृत भए । यस्तै, छायांकार संजय लामा पनि क्रिटिक्स अवार्ड पाउन सफल भए । उता प्रोत्साहन अवार्ड फेशन डिजाइनर निलिमा शर्मालाई प्रदान गरियो भने पब्लिक च्वाइस अवार्ड चलचित्र ‘मोक्ष’का कलाकार कोशिश क्षेत्रीले प्राप्त गरे । कार्यक्रममा ‘चलचित्रकर्मी रजत सम्मान’बाट अभिनेत्री मिथिला शर्मा र डिजाइनर सुन्दर श्रेष्ठलाई सम्मानित गरियो । ‘छायााछवि पत्रकारिता पुरस्कार’ चलचित्र पत्रकार विदुर गिरीलाई नगद ६ हजार ६ सय ६६ सहित प्रदान गरियो । कार्यक्रममा ‘जुरी अवार्ड’बाट भने चलचित्र ‘मौन’का निर्देशक सुरज भुषाल पुरस्कृत भए ।
निकै भब्य अनि मनोरञ्जनात्मक बनेको अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रका चलचित्रकर्मीहरुको उल्लेख्य उपस्थिती थियो । डीजिटल प्रविधिमा बनेका चलचित्रहरुलाई मात्र अवार्ड प्रदान गर्दै आएको छायाछवि क्रियशनले अवार्डको आयोजना गरेको हो ।
अवार्ड कार्यक्रममा विभिन्न आकर्षक रिलिजमा आउन लागेका चलचित्रका नृत्यहरु प्रस्तुत गरिएको थियो । भने पछिल्लो समयमा निकै ब्यास्त बनिरहेकी गायिका मेलिना राईले चलचित्र ‘नाई नभन्नु ल ३’ को गीत गाएकी थिइन् । उता संगीतकार तथा गायक तारा प्रकाश लिम्बु र गायिका रजिना रिमाल जोडीले एक गीत गाएका थिए । कार्यक्रमको बिचमा हास्य अभिनेता दिपकराज गिरी र हास्य अभिनेत्री दिपाश्री निरौलाले फिल्म अवार्ड सम्वन्धिकै प्रहशन प्रस्तुत गरेका थिए । कार्यक्रम सञ्चालनका लागी केही समय देखिएका राजा राजेन्द्र फुयाल सबैका सामु छाए ।
१. उत्कृष्ट ध्वनी मिश्रण : दीप तुलाधर (प्रोड्यूसर)
२. उत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)
३. उत्कृष्ट दन्द्ध निर्देशक : चन्द्र पन्त (लोफर)
४. उत्कृष्ट नृत्य निर्देशक : शंकर वीसी (बितेका पल)
५. उत्कृष्ट गीतकार : डाक्टर कृष्णहरी बराल (नाई नभन्नु ल २)
६. उत्कृष्ट गायिका : दुर्गा परियार (महशुश)
७. उत्कृष्ट गायक : प्रेम परियार (नाई नभन्नु ल २)
८. उत्कृष्ट संगीतकार : वसन्त सापकोटा (नाई नभन्नु ल २)
९. उत्कृष्ट नव नायिका : पुजा शर्मा (मधुमास)
१०. उत्कृष्ट नव नायक : श्याम अर्याल (प्रोड्यूसर)
११. उत्कृष्ट नव निर्देशक : प्रविण श्रेष्ठ (मोक्ष)
१२. उत्कृष्ट खलपात्र : राजवल्लभ कोइराला (छ एकान छ)
१३. उत्कृष्ट चरित्र अभिनय : शैलेश आचार्य (छ एकान छ)
१४. उत्कृष्ट सह–अभिनेत्री : प्रियंका कार्की (नाई नभन्नु ल २)
१५. उत्कृष्ट सह–अभिनेता : विल्सन विक्रम राई (प्रोड्यूसर)
१६. उत्कृष्ट लेखन : दीपकराज गिरी (छ एकान छ)
१७. उत्कृष्ट सम्पादन : विपिन मल्ल (बितेका पल)
१८. उत्कृष्ट छायांकार : पुरुषोत्तम प्रधान (छ एकान छ)
१९. उत्कृष्ट अभिनेत्री : केकी अधिकारी (महशुश)
२०. उत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुश)
२१. उत्कृष्ट निर्देशक : विकास आचार्य (नाई नभन्नु ल २)
२२. उत्कृष्ट चलचित्र : (मोक्ष)
[gss ids=”6857,6870,6858,6861,6862,6863,6864,6859,6860,6865,6875,6869,6868,6874,6873,6872,6867,6855,6866,6871,6856,6852″]
shyam-aryal puja-sharma ashisma-wilson-and-rista jharana-thapa
karisma-manandhar bidur giri mithila sharma sundar wilson bikram rai , priyanka-karki,
प्रतिक्रिया