विशाल चौतारी सम्वाददाताकाठमाडौ :नेपाली चलचित्र क्षेत्रका युवा चलचित्र निर्देशक राजु गिरीले फेरि अर्को नयाँ फिल्म बनाउने अभियानमा जुटेका छन् । चलचित्र ‘बिन्दास २’ को रिलिज गरेसँगै थकाई मार्न नपाउँदै युवा निर्देशक गिरीले बुधबारबाट छायाँकन गर्ने गरी फेरी अर्को चलचित्र ‘टाइगर–द रियल हिरो’को निर्देशनमा जुट्ने भएका हुन् ।

मंगलबार राजधानीको सुन्धारा स्थित सिभिल ट्रेड सेन्टरको चाईनिज रेष्टुरेन्टमा एक समारोहकाबीच पत्रकार सम्मेलन गरी फिल्म ‘टाइगर–द रियल हिरो’को शुभ–मुहुर्त गरिएको छ । शुभेच्छा इन्टरटेन्मेन्ट र एम.के. इन्टरटेन्मेन्टको संयुक्त व्यानरमा मोहनकृष्ण श्रेष्ठले फिल्म ‘टाइगर–द रियल हिरो लाई निर्माण गर्ने भएका छन । चलचित्र ‘टाइगर–द रियल हिरो’मा दिव्यश्वर गौतम, शुभेच्छा थापा, सुस्मिता शाही, समिक्षा अर्याल, अशोक फूयाल, सुरज रानाभाट, अमित पौडेल, सिमन दाहाल, निरज पोखरेल, भिमा मैनाली, रोजन भट्टराई तथा निर्माता मोहन कष्ण श्रेष्ठको अभिनय रहेको छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत रहनेछ, भने सुशिल पोखरेलको लेखन, संजय लामाको छायाँकन, बनिश शाह र अर्जुन जिसीको सम्पादन तथा रामजी लामिछानेको करियोग्राफी रहने छ । चलचित्रको गीत भने पत्रकार शान्ति प्रिया, उत्तम गौडेल र लोकराज अधिकारीले लेखेका छन् ।

यस्तै सोही कार्यक्रममा अभिनेत्री शुभेच्छा थापाले निर्माण गरेको चलचित्र ‘मिस नेपाल’को अडियो सार्वजनिकपनि गरिएको छ । विकास चौधरीको संगीत तथा शंकर अधिकारी घायलको ४ वटा गीतमा शिवानी मोक्तान, राज पौडेल, सन्तोष लामा, मनिषा पोखरेल र शिव परियारले स्ववद्ध गरेका छन् । २०७० सालको फाल्गुन महिनाको मसान्ततिर रिलिज हुने बताईएको उक्त चलचित्रलाई सुरेन्द्र तुलाधरले निर्देशन गरेका छन् । यसअघि अभिनेत्री सुभेक्छा थापाले निर्माण गर्न लागेको चलचित्र ‘मिस नेपाल’ले चलचित्र विकास बोर्ड तथा संस्कृति मन्त्रालय र सञ्चार मन्त्रालयका अधिकारीहरुको हातबाट पीजी सटिफिर्केट समेत पाएको थियो ।
चलचित्रलाई दिव्यराज सुवेदीले छायाँकन गरेका छन् भने अनन्त थपलियाले सम्पादन गरेका छन् । चलचित्रका अभिनेत्री तथा निर्मात्री सुभेच्छा थापाको कथा तथा नवल नेपालको पटकथा संवाद रहेको चलचित्र मिस नेपाल आगामी पौष महिना देखि प्रदर्शनमा आउने भएको छ । ‘मिस नेपाल’ चलचित्रमा निर्माता शुभेच्छा थापा सहित सबिन श्रेष्ठ, क्षितिजा शाक्य लगायतको अभिनय रहेको छ ।
प्रतिक्रिया