विशाल राई काठमाडौ, मंसिर ६ । नेपालि साङ्गितिक तथा कलाकारीता क्षेत्रका मुर्धन्य व्याक्ति वरिष्ठ कलाकार मुरलिधर अहिले नेपालमा रहेका छन् । ३०–३५ वर्षदेखि मुम्वाईमा रहेरपनि नेपालि कलाकारीता तथा साङ्गितिक क्षेत्रलाई उल्लेख्य योगदान पुर्याउदै आएका भर्सस्टाईल गायक, अभिनेता, गितकार तथा संगितकार मुरलिधर केहि समय अगाडि नेपाल आएका हुन् ।
दोस्रो संविधान सभाको चुनावमा सहभागि हुने उद्देश्यले नेपाल आएका मुरलिधरले चुनावमा मत हाल्न नपाएको बताए । मतदान गर्न नपाएको प्रति दुखेसो गर्दै वरिष्ठ कलाकार मुरलिधरले भने–‘यति ठुलो चुनावि माहोलमा आफु सहभागि भएरपनि मत हाल्न नपाउदा दुख लागेको छ ।’ पछिल्लो समयमा कलाकार मुरलिधर नेपालि साङ्गितिक क्षेत्रमा नयाँ एल्वम ल्याउने तरखरमा रहेका छन् । ‘हाम्रो स्वाभिमान’ नामक एल्वम बजारमा ल्याउने मनसायलेपनि नेपाल आएको बताए । वरिष्ठ कलाकार मुरलिधरले साङ्गितिक क्षेत्रमा म्युजिक नेपालको तर्फबाट तिन वटा एल्वम र दुई वटा एल्वम गरि पाच वटा एल्वम ल्याएका छन् । छैटौ एल्वमको रुपमा आउन लागेको एल्वम ‘हाम्रो स्वाभिमान’ नामक एल्वम आफ्नै लगानिमा ल्याउन लागेको बताए । एल्वममा समावशे गित, संगित कलाकार मुरलिधरकै रहेको छ । लोक आधुनिक तथा आधुनिक शैलिमा एल्वम हाम्रो स्वाभिमानमा रहेको मुरलिधरले बताए । समाजमा चेतना जोगाउने उद्देश्यका साथ एल्वम ल्याउन लागेको मुरलिधरले बताए । एल्वमको विमोचन केहि समय अगाडि आसाममा गरिएकोपनि मुरलिधरले बताए ।
‘उडायो सपना सबै हुरीले’, चिसो चिसो सिरेटोमा, छहारीको बोलको चर्चित गितहरु नेपालि साङ्गितिक क्षेत्रलाई दिईसकेका मुरलिधरले नेपाली चलचित्र क्षेत्रमापनि उत्तिकै योगदान रहेको छ । उनले नेपालि चलचित्रहरु ‘सम्झना, घुम्टो, तृष्णा आदि सफल चलचित्रहरु खेलेका छन् । उता बलिउडमापनि मुरलिधरले ‘कसम पैदा, कर्ने वाले की, नक्सलाईट, कालका, भवानी जक्सन, मिस्टर इन्डिया र मै आजाद हु पछिल्लो चलचित्रमा अभिनय गरेका छन् । उनले मासुका नामक चलचित्रमा मेन भिलेनको रोलपनि निभाएका छन् । उनले बलिउडका चर्चित निर्देशक यस चोपडा, शेखर कपुर, श्याम तेनिगत, विस्वास लगायतसंग काम गरेको बताए ।
वरिष्ठ कलाकार मुरलिधर पछिल्लो समयमा निकै हराए । यसबारेमा बोल्दै मुरलिधरले निर्माता निर्देशकहरुले नखोजेपछि आफु नेपालि चलचित्र क्षेत्रबाट केहि समय ग्याप भएको बताए । उनले आफु नेपालि चलचित्र क्षेत्रबाट हराएकै चाहि नभएको बताए । उता राम्रो कलाकारको रुपमा बलिउडमापनि मुरलिधरलाई मानिन्छन् । पछिल्लो समयमा हिन्दि चलचित्रमापनि हराउनु भयो नि भन्ने प्रश्नमा कलाकार मुरलिधरले भने–‘हिन्दि चलचित्रहरुमा सानो सानो रोल मात्र पाईने भएकाले मैले चलचित्रै खेल्न छाडेको हु । बरु आफ्नै देशमा बन्ने चलचित्रहरु अहिले पाए खेल्ने इच्छा रहेको छ ।’
कुराकानिको क्रममा वरिष्ठ कलाकार मुरलिधरले आफ्नो परिवारै संगितमय रहेको बताए । आफ्नी श्रीमति विष्णु मायापनि गितहरु सृजना गर्ने बताए । दुई छोराहरु इङ्लिस गितहरु बढि गाउने बताए । मुम्वाईमा बसोबास भएपनि आफ्ना छोराहरुलाई नेपालि भाषाका गित संगितहरु सुनाउने गरेपछि भने नेपालि गितहरु खोजि–खोजि सुन्ने गरेको बताए । दुई छोराहरु बढि लोक दोहोरी गितहरु सुन्न रुचाउनेपनि मुरलिधरले बताए । करिव ५ वटा भन्दा बढि नेपालि चलचित्रको गितहरुमापनि कलाकार मुरलिधरले गाएका छन् । त्यस्तै कलाको धनि वरिष्ठ कलाकार मुरलिधरले मैथेलि चलचित्रहरुमापनि काम गरेका छन् । मैथेलि भाषामा काम गरेको ४ वटा चलचित्र मध्ये ‘जिनगि महग सेनुर र औ पियार हमर नगरी चलचित्र हिट रहेको मुरलिधरले बताए ।
नेपालि साङ्गितिक तथा कलाकारीतालाई छाडेर मुम्बई फिल्म खेल्ने चाहनाले नगएको बताए । ईन्डिया जानको कारण प्रश्ट्याउदै कलाकार मुरलिधरले भने–‘इन्डियन एम्वेसिको सिफारीसमा भारतमा संगित अध्ययन गर्न ६ वर्षको सिफारिस पाएपछि गएको थिए । भारतमा गएर कलाकार मुरलिधरले मारतन्ड पदम विभुषण पण्डित जसराजसंग करिव १२–१३ वर्ष सम्म सांस्त्रीय संगित सिकेको बताए । कलाकारीतामापनि निकै अगाडि रहेकाले उनले भारतमै रहेरपनि नेपालि चलचित्र खेलेको बताए ।
मुरलिधरले बेला–बेलामा नेपालि चलचित्रहरुपनि हेर्ने गरेको बताए । उनले पछिल्लो नेपालि चलचित्रको बजारलाई विश्लेशन गर्दै बढि जसो चलचित्रहरु चोरीने गरेको बताए । आफुले नेपालमा केहि चलेका चलचित्रहरु हेर्दा कपि गरेको पाएको बताए । आफ्नो पालाको नेपाली चलचित्र र अहिलेको चलचित्रमा धेरै परिवर्तन भएपनि मौलिकता हराउदै गएको गुनासो गरे । अहिलेको नेपालि चलचित्रहरुको गित परिवारमा संगै बसेर सुन्न नसकिने बताए । भने–‘अझ पुरै चलचित्र त अहिलेको नेपालि चलचित्र हलिउड चलचित्र भन्दा भल्गर रहेको छ ।’
भारतमा रहेर नेपालि मुलका भारतमा सोसित गैर नेपालिहरुको हकहितका लागि काम गर्ने संस्थापनि चलाएर बसेको मुरलिधरले कुराकानिको क्रममा बताए । सो संस्थाको नाम भने ‘हाम्रो स्वाभिमान’ नै रहेको छ । सो संस्थामा एड्भोकेटरको रुपमा प्रेम बहादुर श्रेष्ठ, संरक्षकहरु बालकृष्ण आचार्य र स्वामि रामदेव रहेको मुरलिधरले बताए ।
प्रतिक्रिया