बलिउडमा यसवर्षको बहुप्रतिक्षित चलचित्र मानिएको ‘धुम ३’ को ट्रेलर सार्वजनिक भएपनि चलचित्रको टाईटल गित भने सार्वजनिक गरिएको थिएन । दर्शकहरुलाई किनै कौतुहल्तामा पारी चलचित्रको टाईटल गित ‘धुम मचा ले’ को गित सार्वजनिक गरिएको छ ।

चलचित्र धुम चर्चित हुनको पछाडिपनि यो गितलाईपनि एक मानिन्छ । किनभने यो चलचित्रको गितले दर्शकहरुलाई आकर्सित गरेको थियो । यस गित सार्वजनिकको क्रममा चलचित्रको मुख्य अभिनेता अमिर खान र कट्रिना कैफपनि सहभागि भएका थिए । जहा अभिनेता अमिर निलो रङको टिर्सट र जिन्स पाईन्टमा थिए भने अभिनेत्री कट्रिना पिङ्क कलरको एक आर्ट ड्रेसमा सहभागि भएका थिए । एक किसिमले भन्ने हो भने यि दुईजनाको जोडिपनि एकदमै सुहाईरहेको थियो । तर अभिनेता अमिर अभिनेत्री कट्रिनाको छेउमा हाईटले भने धोका दिएको थियो । चलचित्र डिसेम्वर २० तारिकको दिन रिलिज हुदैछ । हेरौ यि दुई जोडिले यस गित सार्वजनिकमा कसरी धुम मच्चाएछन् । (एजेन्सि)





प्रतिक्रिया