२७ कात्तिक, काठमाडौ । नेपाली हास्य कलाकारिताको मुर्धन्य व्याक्तिको रुपमा परिचित हास्य अभिनेता हरिवंश आचार्यले हिजो कात्तिक २७ गतेको दिन ५६ औ जन्मदिन मनाएका छन् । हास्य अभिनेता अचार्यले जन्मदिनको अवसरमा साँझ ५ बजे श्रीमति रमिलाको साथ केक काटेका छन् । अभिनेताको जन्मदिन मनाउन हास्य अभिनेता दिपकराज गिरी, दिपाश्री निरौला, शिवहरि पौडेल,आरपि भट्टराई लगायत कलाकारहरु उपस्थित थिए ।
हास्य कलाकारीताबाट सामाजिक अभियान्तालाई जोड दिने हास्य अभिनेता आचार्यको जन्म वि.सं २०१४ साल कात्तिक २७ गते गौरीधारा, काठमाडौंमा भएको थियो । महजोडिका रुपमा परिचत हरिवंशका जोडि मदनकृष्ण भने यो खुसियालिमा सहभागि हुन नपाउने भएका छन् । उनका जोडी मदनकृष्ण आफ्नी श्रीमतीको उपचारका लागि दिल्लीमा रहेका छन् ।
पछिल्लो समयमा साहित्य लेखनमा समेत कलम चलाउने अभिनेता आचार्य ‘चिना हराएको मान्छे’ ६० हजार प्रतिभन्दा बढी बिक्रिका कारणपनि चर्चामा रहेका छन् । हास्य अभिनेता आचार्यले ०३१ सालमा रेडियो नेपालमा आफ्नो कला सुनाएर यात्रा थालनी गरेका थिए । यसबीचमा उनले सयौं नाटक, टेलिफिल्म तथा केहि चलचित्रहरुमापनि काम गरिसकेका छन् । अभिनय, लेखन, निर्देशन, निर्माणजस्ता कलाकारिताका विधामा उनी सफल कलाकारको रुपमा मानिन्छन् । ठुलो पर्दामा चलचित्र ‘तँ त साह्र बिग्रिस् नि बद्री, ‘बलिदान’ लगायतमा मुख्य अभिनेताको भूमिका निर्वाह गरेका छन् । हास्य अभिनेता आचार्यले पत्नी मिरा आचार्यको निधन भएपछि रमिला पाठकसँग दोस्रो बिहे गरेका हुन् ।
प्रतिक्रिया