घिमिरेका छोरा हिमाल घिमिरेले दिएको जानकारी अनुसार बिहान ६ बजेतिर उहाँलाई चिकित्सकले मृत घोषित गरेका थिए । उहाँको बिहीवार बिहान नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । क्यान्सर लागेको थाहा पाएपछि घिमिरेको लेखेको आत्मालाप कृति ‘अन्तरमनको यात्रा’ निकै लोकप्रिय भयो । जसले २०६४ सालमा मदन पुरस्कार र उत्तम शान्ति पुरस्कारसमेत जितेको थियो ।

उहाँका ‘साविती’ र ‘लिलाम’ उपान्यास तथा ‘बर्दी’ कथा संग्रह प्रकाशित छन् । अघिल्लो बर्ष उहाँले प्रकाशन गरेको उपन्यास ‘सकस’ राम्रो कृतिका रुपमा दरिएको थियो । लामो समय बिभिन्न गैरसरकारी संस्थाहरुमा काम गर्नुभएका घिमिरेले गृहजिल्ला रामेछापमा तामाकोसी सेवा समितिमार्फत् समाजसेवामा समेत जुट्नुभएको थियो । त्यसमार्फत् उहाँले अस्पताल, सहकारी, खानेपानी लगायतका परियोजना संचालन गर्नुभएको थियो ।

प्रतिक्रिया