१२ कात्तिक, काठमाडौं । बलिउड अभिनेत्री मनिषा कोइराला फेरि विरामी भएकी छिन् । उनीलाई जन्डिस भएको र उपचार चलिरहेको पारिवारिक श्रोतले जनाएको छ । उनलाई एकसातआघि जण्डिस भएको अनलाईन खबरले समाचार सार्वजनिक गरेको छ ।

अमेरिकाको न्यूयोर्कमा क्यान्सरको सफल उपचारपछि मनिषा कोइराला अहिले काठमाडौंमा छिन् । मनिषाले समाजिक संजालमा आफू नोभेम्बर २० मा न्यूयोर्क जाने समेत बताएकी छिन्, जहाँ उनले क्यान्सरको जाँच गर्नेछिन् ।
प्रतिक्रिया