Mala Subba and Siddharth Gurung movie ONE WAY
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई
काठमाडौ, २०७१, माघ ९, शुक्रबार । चलचित्र निर्माता संघका अध्यक्ष समेत रहेका निर्माता राजकुमार राईले निर्माण गरेको पछिल्लो चलचित्र वान वे’ फागुन १ गतेबाट देशभर रिलिज हुदैछ ।
चलचित्रको रिलिज मिती नजिकिदै जादा यस चलचित्रबाट डेब्यु भएका दुई मुख्य कलाकारहरुको चर्चा बढेको छ । चलचित्र ‘गुडबाई काठमाडौ’बाट डेब्यु भएपनि रिलिजको हिसावले चलचित्र ‘वान वे’बाट दर्शकमाझ आउन लागेकी अभिनेत्री माला सुब्बा म्युजिक भिडियोकी ब्यास्त सफल मोडल हुन् । म्युजिक भिडियोभन्दा सिनेमा खेल्न रुचाउने अभिनेत्री मालाले बताए अनुसार उनी यस चलचित्रबाट आसाबादी रहेकी छिन् ।
उता चलचित्र गर्नभन्दा अगाडी आधादर्जन भन्दाबढी नाटक खेलिसकेका नव अभिनेता हुन्, सिद्धार्थ गुरुङ । उनले बताए अनुसार नाटकमा उनी बाघ, भालु तथा विभिन्न जनवारहरुको रुपमा प्रस्तुत भइसकेका छन् । नाटकमा धेरै अभिनय गरेकालेपनि सिनेमामा अभिनय गर्दा खासै कठिनाइ नभएको समेत नव–अभिनेता सिद्धार्थले बताए ।
माला सुब्बा (अभिनेत्री)
चलचित्र ‘वान वे’को विषयमा कुराकानी गर्दै अभिनेत्री माला सुब्बाले पहिलो चलचित्रमा राम्रो काम गर्ने कौसिस गरेको बताउदै सिनेमाबाट आसा रहेको बताइन् । आफ्नो कमजोरी पक्षलाई बताउदै अभिनेत्री मालाले आफ्नो नेपाली बोल्ने शैलीमा अलि गाह्रो हुने गरेको बताउदै चलचित्रमा पनि बोल्ने अवजले काम गर्न केही गाह्रो भएको अनुभव सियर गरिन् ।
चलचित्रमा आफ्नो पहिलो टेकको बारेमा बताउदै अभिनेत्री मालाले ३ टेकमै ओके भएको बताइन् । चलचित्रमा पहिलो सिन ब्वाइफ्रेण्डको घरमा जाने सिन भएकाले पनि खासै गाह्रो भएको अभिनेत्री मालाले बताइन् । उनको अपोजीट एक्टर सिद्धार्थस“ग चलचित्रको सुटिङ सेटमा सधै लभ एन्ड हेट रहेर काम गरेको अभिनेत्री मालाले बताइन् । चलचित्रमा अभिनय गर्न रविन दाजु र करिश्मा दिदीले सिकाइदिएकालेपनि खासै गाह्रो नभएको मालाले बताइन् ।
सिद्धार्थ गुरुङ (नव–अभिनेता)
यही चलचित्रको विषयमा कुराकनी गर्दै डेब्यु अभिनेता सिद्धार्थ गुरुङ चलचित्र ‘वान वे’बाट आसाबादी रहेको बताए । आफुले सिनेमामा सक्दो राम्रो अभिनय गर्ने कोसिस गरेको बताउदै आफ्नो मिहेनतप्रति विश्वस्त रहेको अभिनेता सिद्धार्थले बताए । उनले आफ्नो सिनेमाभित्रको पात्रको बारेमा खुलाउदै भने–‘ चलचित्रमा म ग्रुप लिडर छु । एउटा प्रेमीसंगै इमान्दार केटो तर भविष्यबारे उति चिन्तित छैन । मायामा प्लेब्वाई पनि होइन म तर उति नबोल्ने, अन्तर्मुखी जस्तो भुमिकामा छु’ अभिनेता सिद्धार्थले पात्रबारे खुलाए ।
राजकुमार राई (निर्माता)
निर्माता राजकुमार राईको यो आठौं प्रोजेक्ट हो । यही विषयमा कुराकानी गर्दै निर्माता राजकुमारले अल नेपाल ७० भन्दा बढी पर्दाबाट रिलिज गर्ने जानकारी दिए । भने–‘ निर्माता संघको अध्यक्षको नाताले सिनेमा बनाउदा सजग हुनुपर्छ । चलचित्र बनाउदा मलाई कर्तव्यबोधको महसुस गरको छु,’ निर्माता राईले भने ।
त्यस्तै आरसी पिक्चरले अव वर्षेनी एउटा सिनेमा निर्माण गर्ने लक्ष्य राखेकोपनि निर्माता राईले बताए । आरसी पिक्चर ब्यानरबाट ‘मनै त हो, ‘पापी मान्छे, पापी मान्छे–२, संगम, त्रिवेणी र प्रोड्युसर’ निर्माण गरिसकेको छ ।
भानु प्रताप (कलाकार)
त्यस्तै अभिनेता भानु प्रताप चलचित्रमा एक भिलेनको रोलमा देखिएका छन् । चलचित्र ‘वान वे’ले भिलेनलाई एक महत्वपुर्ण भुमिकामा प्रस्तुत गरेको बताउदै नेपालमापनि भिलेनलाई चित्रण गर्ने ट्रेन्डमा परिवर्तत देखिएको भानुले बताए ।
चलचित्र ‘वान वे’लाई सुरज सुब्बा नाल्बोले निर्देशन र प्रदीप भट्टराईले पटकथा लेखेका हुन् । चलचित्रमा माला, सिद्धार्थ र भानुको साथमा करिष्मा मानन्धर, रविन तामाङको पनि मुख्य भुमिका रहेको छ ।
[gss ids=”8088,8086,8087,8085,8083,8089,8090,8091″]
प्रतिक्रिया