dabbu kshetri direction music video movel shyam aryal
विशाल चौतारी समाचार
काठमाडौ, २०७१, माघ १५, बिहिबार ।
‘धेरै रोएा तिम्रो यादमा छैन अब आासु
खुसी सबै लिलाम भए म कसरी हासुा…’
सञ्चारकर्मी एवम् गीतकार डब्बु क्षत्रीले लेखेको यो गजल क्षत्रीको गजल साग्रह ‘झरी’मा साग्रहित छ । जुृगल डागोलको सागीत र अञ्जना गुरुङको स्वरको यो गजललाई अब दर्शकले गजल भिडियोका रुपमा टेलिभिजनमा हेर्न पाउने छन् ।
मागलबार राजधानीमा छायाकन गरिएको यो भिडियो १८ माघबाट रिलिज गरिने विभिन्न च्यानलबाट रिलिज गर्ने जानकारी भिडियोका निर्देशक एवा गजलकार डब्बु क्षत्रीले जानकारी गराएका छन् ।
यो भिडियोमा श्रीमानको भूमिकामा अभिनेता एवा सञ्चारकर्मी श्याम अर्याल, कान्छी श्रीमतीको भूमिकामा अभिनेत्री मोनिका दाहाल र जेठी श्रीमतीको भूमिकामा मोडल खुसी घिमिरे छन् ।
मध्यम बर्गका श्रीमानले जब बिहे गर्छन । त्यसपछि उनलाई आफ्नी श्रीमती मन पर्दैन । क्याफेमा भेटिएकी बारुले कम्बरकी युवतीले ती पुरुषको ध्यान खिच्छ । घरकी श्रीमतीलाई वेवास्ता गर्दै ती आधुनिक शहरीया युवतीको मायाजालमा उनी फस्छन् । अन्तत ती युवतीलाई उनी कान्छी श्रीमती बनाएर घरमा भित्राउन बिबास हुन्छन् । जेठी श्रीमतीसाग कान्छीको दैनिकी झगडाका कारण उनी दिक्क हुन्छन् । कान्छी श्रीमतीलाई दाम्पत्य सम्बन्ध विच्छेद गर्दा उनले आश स्वरुप ५० लाख बुझाउनु पर्छ ।
तर यता श्रीमानले मायाा नगरेको र आफु माथि सौता भित्राएको भन्दै आवेगमा आएर जेठी श्रीमतीले आत्महत्या गर्छिन । यो अबस्थामा न त जेठीको न त कान्छीको भएर पछुताउन विवस हुन्छन् । कान्छीले सम्पत्ति लृुटेको र जेठीले आफ्नो मायाामा आत्महत्या गरेका कारण ती पुरुष वियोगमा बिछोडिन बाध्य हुन्छन् । अन्तत उनी न जेठीको न कान्छिको नै हुन सक्छन् ।
आर्थिक रुपमा सम्पन्न विवाहित युवा खोजेर दोस्रो विवाह गर्ने र केही महिनामै सम्बन्ध विच्छेद गरेर कान्छी श्रीमतीले लाखौं रुपैयाा आशबण्डा लिने क्रम नेपाली शहरी समाजमा निकै फस्टाएको छ । यही समस्यालाई आफुले भिडियोमा उतारेको सम्बन्धित गजलका गजलकार एवा म्युजिक गलज निर्देशक डब्बु क्षत्रीले जानकारी गराएका छन् ।
निरोज श्रेष्ठले खिचेको यो भिडियोको निर्देशन मित्र गुरुङले गरेका हुन् । यो म्युजिक भिडियो १९ माघबाट नेपाली टेलिभिजनमा रिलिज हुने निर्देशक क्षत्रीले जानकारी गराए । यता आफुले सोचेको भन्दा निकै राम्रो अभिनय यो भिडियोमा गरेको मोडल खुसीले बताएकी छिन् । श्याम अर्यालले श्रीमान, नयाा मोडल खुसी श्रेष्ठले श्रीमती र अभिनेत्री मोनिका दाहालले कान्छी श्रीमतीको भूमिका यो गजल भिडियोमा निर्वाह गरेको पनि निर्देशक क्षेत्रीले जानकारी गराए । निर्देशक क्षत्रीका अनुसार यो गलजले नेपाली समाजमा विवाहको नाममा युवतीले पुरुषलाई डग्ने बिकृति केही साम्य हुनेछ ।
प्रतिक्रिया