१७ असोज, काठमाडौँ । आगामी मंसिर ४ गते हुने चुनावका लागि एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको परिवारबाट चार जना उम्मेद्वार भएका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड, उनका भाइ नारायण दाहाल, छोरी रेणु र बुहारी बिना प्रत्यक्षमा उम्मेद्वार बन्न सफल भएका हुन् । अध्यक्ष प्रचण्ड काठमाडौं १० र सिरहा ५ बाट उम्मेद्धार भएका छन् । उनले छोरी रेणु दाहाललाई काठमाडौं १बाट टिकट दिएका छन् भने, भाइ नारायण चितवन ३ र कान्छी बुहारी बिना मगरलाई कञ्चनपुर १ बाट उम्मेद्वार बनाएका छन् ।
प्रतिक्रिया