१३ असोज, काठमाडौं । इण्डोनेसियामा शनिबार सम्पन मिस वल्र्ड २०१३ को अन्तिम प्रतिस्पर्धामा नेपालकी इसानी श्रेष्ठ टप टेनमा पर्न सफल भएकी छिन् । इशानी शीर्ष ६ मा पर्दै उपाधि भिडन्तमा भने सहभागी हुन सकिनन् । मिस नेपालले मिस वल्डमा पहिलो चोटि टप १०मा पर्नपनि सफल भएको हो ।
‘ब्युटी वीथ पर्पोज’को टाइटल विजेता बनेर टप १५ मा परेकी इसानी अन्य पाँचलाई पछि पार्दै टप १० मा पर्न सफल भएकी हुन् । टप टेन घोषणा गर्ने क्रममा आयोजकले उनको नाम पाँचौं नम्बरमा बोलाएका थिए । मिस वल्र्डको प्रतियोगितामा यो नै नेपालले पाएको हालसम्मकै ठूलो सफलता हो । उत्कृष्ट १० मा पर्नुअघि उनले मेरो प्यारो माइतीघर बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन् भने अन्य प्रतिस्पर्धीले उनलाई साथ दिएका थिए ।
मिस वल्र्ड मेगन योङ
मिस वल्र्डको उपाधि भने फिलिपिन्सकी सुन्दरी २३ वर्षीया मेगन योङले जितेकी छिन् । गत वर्षकी मिस वल्र्ड वेन जिया यूले ३०१३ की विजेतालाई ताज पहिर्याइदिइन् । यस्तै फ्रन्सकी सुन्दरी मरिना फस्ट रनर अप र घानाकी सुन्दरी कारेन्जा सेकेन्ड रनर अप भइन् ।
मिस वल्ड टप १० घोषणा
मिस वल्ड व्युटि वीथ पर्पोज विजेता मिस नेपाल इशानिको नृत्य
http://www.youtube.com/watch?v=4th8Fxmx3sE
प्रतिक्रिया