बलिउड अभिनेत्री तथा पुर्व मिस वल्ड ऐश्वर्या राय वच्चनको चर्चा पर्दा पछाडि होस् या अगाड नै होस्, सधै चर्चाको विषय बनिरहेकि हुन्छिन् । छोरीलाई जन्म दिएपछि पर्दा पछाडी नै रहेकी ऐश्वर्या अहिले भने बलिउडमा पुन: कमब्याक गर्ने कुराले संचारमाध्यममा छाईरहेकि छिन्, भने चर्चाको सिमै छैन ।

केही समय अघि मात्र करण जोहरको एक सिनेमामा आइटम नृत्य गर्ने खबरले पनि उनको चर्चा भयो । यसपश्चात साहरुख खानले निर्माण गरिरहेको चलचित्र ‘ह्याप्पी न्यू इयर’मा उनी खेल्ने कुरालेपनि थोरै चर्चा पायो । तर अब भने ऐश्वर्या चलचित्र ‘ह्याप्पी एनिभर्सरी’ मार्फत कमब्याक गर्ने भएकी छिन् । उनले यो चलचित्रमा खेल्नका लागि हरियो बत्ती बालेको बताइन्छ । यो सिनेमालाई गौरांग दोषीले बनाउन लागेका हुन् ।

प्रतिक्रिया