paras khadka marriage with prapti rajya laxmi rana
काठमाडौ, २०७१, फल्गुन १३, बुधबार । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ‘क्याप्टेन’ पारस खड्का बुधबार होटल साङ्ग्रिलामा कलेजी रङगको कोटसँगै नेपाली टोपीमा सजिएका छन् । आज बुधबार प्राप्ति राज्यलक्ष्मी राणासंग स्वयंवर थियो ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले केही वर्षदेखिको प्रेम सम्बन्धलाई टुङगोमा पुर्याउँदै बिहीबार उनले आफ्नो बुद्धनगरस्थित निवासमा प्राप्ति राज्यलक्ष्मी राणालाई भित्रयाउँदैछन् ।
दुबो अनि रातो गुलाबको मालामा सजिएर स्वयंवरका लागि साङग्रिला पुगेका पारस रोयल लुक्समा देखिन्थे । घ्यु रङगको लबेदा सुरुवालमा सजिएर हिँडेका पारस कालो चश्मा र लेसवाला लेदर ब्ल्याक सुजमा निकै ह्यान्डसम देखिएका छन् ।
दाहिने हातको साहिँली औँलामा इन्गेजमेन्ट रिङ र कानमा हीराको टप लगाएका पारस रेखीमात्रै देखिने हल्का जुङगामा थिए ।
पारस र प्राप्तीबीच दुई वर्ष अघि नै इन्गेजमेन्ट भएको थियो । प्राप्ति काठमाडौं स्व. दिपविक्रम राणा र गौरी राज्यलक्ष्मी राणाकी छोरी हुन् । पारस र प्राप्तिको जोडी लामो समयदेखि प्रेममा भएपनि उति चर्चामा आएको थिएन । उनीहरु सार्वजनिक ठाउँमा पनि कम देखिएका छन् । एक पटक मात्र यो जोडी सँगै गोकर्ण रिसोर्ट पुगेको फोटो सार्वजनिक भएको थियो ।
२०४४ सालमा जन्मिएका पारस नेपाली राष्ट्रिय टोलीका भरपर्दो खेलाडी हुन् । प्रथम स्तरको क्रिकेटमा २००४ मा मलेसिया विरुद्धको खेलमा डेब्यु गरेका पारसको नेतृत्वममा रहेको नेपालले डिभिजन ४, डिभिजन ३ जितिसकेको छ भने यसै वर्ष नेपालले नामिबियामा डिभिजन २मा उत्कृष्ट प्रदरर्शन गर्दै डिभिजन एकमा बढुवा भएको हो ।
नोट : (सबै तस्बिर पहिलो पोष्टडटकमबाट)
[gss ids=”8615,8620,8619,8618,8617,8616,8613″]
प्रतिक्रिया