ब्रेकर :–‘अघिल्लो हप्तामात्रै नेपाल भ्रमण सकेर फकिएका हातोयामाले कार्यक्रमलाई संबोधन गर्दै नेपाल र नेपालीको प्रसंसा गरेका थिए । पोखराको सूर्योदयको दृष्य, काठमाण्डौ र भत्तपुरका दरबार स्क्वायर, बौद्ध जन्मस्थल लुम्बिनी लगायतका ठाउँले आफुलाई निकै प्रभावित गरेको हातोयामाले बताए ।’

६ असोज, टोक्यो । जापानमा नेपाली महिलाहरुले पहिलोपटक आयोजना गरेको नेपाल फेष्टिवलमा जापानका पूर्व प्रधानमन्त्री युकियो हातोयामा सहभागी भएका छन् । राजधानी टोक्योको उएनो पार्कमा आयोजित दुई दीवसीइ नेपाल फेष्टिवलमा आएका पूर्व प्रधानमन्त्री हातोयामाले जापानका लागि नेपाली राजदूत डा. मदनकुमार भट्टराईसँगै रिवन काटेर मेलाको उद्घाटन गरेका छन् ।
जापानको राजनीतिक नेतृत्व अक्सर नेपाली नेपाली समुदायसँगको अन्तरक्रियामा सजिलो महसुस गरेको देखिन्छ । खासगरी पूर्व प्रधानमन्त्री र मन्त्रीहरु नेपाली समुदायका अगुवासँग मित्रवत ब्यबहार र पुहँचमा रहन्छन् । अघिल्लो हप्तामात्रै नेपाल भ्रमण सकेर फकिएका हातोयामाले कार्यक्रमलाई संबोधन गर्दै नेपाल र नेपालीको प्रसंसा गरेका थिए । पोखराको सूर्योदयको दृष्य, काठमाण्डौ र भत्तपुरका दरबार स्क्वायर, बौद्ध जन्मस्थल लुम्बिनी लगायतका ठाउँले आफुलाई निकै प्रभावित गरेको हातोयामाले बताए । आइतवार र सोमबार चल्ने मेलामा नेपालमा उत्पादित बिभिन्न बस्तु, जापानमा नेपालीद्धारा संचालित ब्यबसाय र खानाका स्टलहरु राखिएको छ । कार्यक्रममा बिभिन्न नेपाली मौलिक लोक नृत्य,गीत र धुनहरुको आनन्द लिन सकिने छ । अघिल्ला बर्षहरुमा गैरआवासीय नेपाली संघ र केही संस्थाहरुले नेपाल फेष्टिवल आयोजना गर्दै आएका थिए । तर, यस बर्ष ती संस्थाले मेला आयोजना नगर्ने बताएपछि नेपाली महिलाहरुको आयोजनामा मेला गरिएको हो । सार्वजनिक बिदाको दिन परेकाले मेलामा उलेख्यमात्रामा टोक्योमा बसोबास गर्ने नेपालीहरुको सहभागीता थियो भने टोक्यो बाहिरका शहरमा बसोबास गर्ने नेपालीहरु मेलामा भाग लिन टोक्यो आएका छन् ।
साभार अनलाईन खबर
प्रतिक्रिया