६ आश्विन, काठमाडौं । गीतकार प्रकाश दुमी राईले आफ्नो पहिलो गीति एल्बम ‘प्रकाश’ बजारमा ल्याएका छन् । राजधानीमा शनिबार आयोजित एक कार्यक्रममा कवि/गीतकार श्रवण मुकारुङ र गायक/संगीतकार मिलन सिंहले संयुक्त रुपमा एल्बमको विमोचन गरे । विमोचन समारोहमा गायक राजेशपायल राई, नवल खड्का, राजन मुकारुङपनि सहभागि थिए ।

पूर्वेली जूनतारा म्युजिकले बजारमा ल्याएको प्रकाश एल्बममा ६ वटा समावेस गरिएको छ । यी गीतहरुमा चर्चित गायक राजेशपायल राई, मेलिना राई, विनोद खम्बु, भीषण मुकारुङ, मिलन अमात्यको स्वर रहेको छ भने विनोद खम्बुको एकल संगीत रहेको छ । एक दशकदेखि गीति लेखन तथा साहित्यिक पत्रकारितामा सक्रिय रहँदै आएका राईले कृतिका रुपमा गीति संग्रह ल्याउने तयारी गरेकोमा साथीहरुको सल्लाह सुझावले गीति एल्बम नै तयार पारेको उनले जानकारी दिए । कार्यक्रममा कवि श्रवण मुकारुङले गीत–संगीत क्षेत्रमा पुनर्जागरणकाल भएको उल्लेख गर्दै प्रकाश एल्बमका गीतहरु नयाँ ढंगले लेखिएको पाएको धारणा व्यक्त गरे ।

प्रतिक्रिया