ANI CHOYING GIVES MOVIE REVIEW ON ZHIGRANA
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७१, फल्गुन २७, बुधबार । प्रदर्शनरत चलचित्र ‘झिग्राना’ हेरेर तर्सिएदै हल बाहिर निस्किएकी चर्चित गायिका आनी छोइङ डोल्माले चलचित्र लुट भन्दा राम्रो रहेको प्रतिकृया दिइन् ।
हिजो मंगलबार राजधानीको कुमारी हलमा गरिएको च्यारेटी शो मा गायिका आनीले सो प्रतिकृया दिएकी हुन् । ‘टिवेटिएन वल्ड एज होम’ को सहयोगार्थ गरिएको च्यारेटी शोमा गायिका आनी छोइङ मात्र तर्सिइनन्, अन्य उपस्थित दर्शकहरुपनि तर्सिए ।
सिनेमा हेरीसकेपछी बोल्दै गायिका आनी छोइङ डोल्माले सस्पेन्स थ्रिल फिल्म ‘झिग्राना’ को प्राविधिक पक्ष उत्कृष्ट रहेको बताइन् । नेपाली चलचित्र कम हेर्ने बताउदै गायिका आनीले चलचित्र लुट भन्दा राम्रो लागेको बताइन् । चलचित्र ‘झिग्राना’ हेरेर आफु डराएको बताउदै आनीले तर्साउने मात्रै नभएर नेपाली समाजमा शिक्षा पनि दिएको समिक्षा गरिन् ।
चलचित्र ‘झिग्राना’ ले बिकट जिल्ला रोल्पामा सामाजिक अध्ययन गर्न हिंडेको ६ जना गैर सरकारी संस्थाका कर्मचारी समुहको यात्रामा आइपर्ने विभिन्न किसिमका विपत्तीलाई प्रस्तुत गरेको छ । बाटो बिराएर झिग्राना बस्तीमा हुने निरञ्तर हत्या र हत्याको सस्पेन्सलाई डरलाग्दो किसिमले प्रस्तुत गरेको छ ।
चलचित्र ‘झिग्राना’ हेरेर निस्किएका दर्शकहरुले सिनेमा राम्रो बनाएको भन्दै निर्देशक पासाङ लामालाई बधाई दिए । नेपाली चलचित्रपनि यति राम्रो बन्न थालेको बताउदै सिनेमा हेर्न आएका एक दर्शक ऋतु सापकोटाले बताइन् ।
पासाङ लामाद्धरा निर्देशित चलचित्र ‘झिग्राना’मा विदेशी अभिनेत्री हाना जि र नेपाली कलाकारहरु शान्ति गिरी, निकुन श्रेष्ठ, दिवाकर पिया, मेनुका प्रधान, बिना पाण्डे, अरुण रेग्मीको मुख्य भूमिका रहेको छ । गोल्डेन याक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘झिग्राना’ शहरका मुख्य मल्टिप्लेक्स पर्दामा प्रदर्शनरत छ ।
watch video
[gss ids=”8925,8928,8927,8926,8924″]
प्रतिक्रिया