rajesh hamal helping earthquake victims 1 billion
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ बैशाख २१ आइतबार । नेपाली महा–अभिनेता राजेश हमालले
वैशाख १२ गते आएको महा–भूकम्पबाट पीडित बनेकाहरुका लागी सहयोगार्थ करिब ८.७ मिलियन युरो अर्थात १ एक अर्ब रुपैया उठाएको छ । यो रकम अहिले सम्मकै नेपाली सेलिव्रेटिहरु मध्येको बढी रहेको छ ।
हाल युरोप भ्रमणमा रहेका नेपालका सुपरस्टार अभिनेता हमाल सहभागी एक कार्यक्रममा नेदरल्यान्डको परोपकारी संस्था Giro 555 (उच्चारण गर्दा हिरो फाईभ ) ले नेपालका भूकम्प पीडितहरुको सहयोगार्थ करिब ८.७ मिलियन युरो अर्थात करिब एक अर्ब रुपयाा उठाएको हो । हाल फिनल्यान्डमा रहेका हमालले नेदरल्याण्डको राजधानी आम्सटर्डममा रहेका नेपाली र डचहरु सहभागी एक कार्यक्रमबाट उक्त रकम जम्मा भएको हो । सो रकम कलेक्सन भएको अभिनेता हमालले फेसबुकबाट जानकारी दिएका हुन् । उनले नेपालको सहयोगार्थ उक्त रकम संकलन भएको बताएका छन् । हमालले आफ्नो सन्देशमा आफूहरू यो कार्यक्रमको साथै त्यहाको एक टिभी कुराकानीमा पनि सहभागी भएको जनाएका छन् ।
संस्थाको यस परोपकारी कदमका लागि हमालले उक्त संस्थालाई धन्यवाद दिएका छन्। त्यस्तै उनले उक्त अभियानबाट उठेको रकम नेपालका विभिन्न गैर सरकारी संस्था मार्फत पीडितको सहयोगार्थ नेपाल पठाइने जानकारी कार्यक्रममा उनलाई दिइएको उल्लेख गरेका छन् । हमालका अनुसार यसअघि उक्त संस्थाले हैटीका भूकम्प पीडितका लागि सहयोग जुटाएको थियो । हमाल बिहिवार स्वदेश फर्किदै छन् । ततस्पश्चात हमालले गोरखा र सिन्धुपाल्चोकका प्रभावित क्षेत्रमा गएर राहत वितरण गर्नेछन् ।
प्रतिक्रिया