अनिल र जुमानको गोलसँगै नेपाल समूह विजेता २० भदौ, काठमाडौं । ७ वर्षपछि भारतलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा भारतलाई २–१ गोल अन्तरले पराजित गरेको नेपाल ७ अंकका साथ समूह एको विजेता बनेको छ ।

यसअघि २००६ मा भएको एएफसी च्यालेन्ज कपमा नेपालले भारतलाई पराजित गरेको थियो । हारपछि पनि भारत उपविजेता बन्दै अन्तिम चारमा प्रवेश गरेको छ । अर्को खेलमा पाकिस्तानले बंगलादेशलाई पराजित गरेपनि हेड टु हेडमा भारत अघिल्लो चरण प्रवेश गरेको छ । भारत र पाकिस्तानको समान ४–४ अंक भएपनि समूह चरणमा आत्मघाती गोलका कारण व्यहोरेको हार नै उसका लागि घतक बन्यो । पाकिस्तानसँगै बंगलादेश समूह चरणबाटै बाहिरिएका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा नेपालले सुरुवाटै आक्रमक खेल खेलेको थियो । ५५ औं मिनेटमा भोलालाई लडाएपछि भारतीय कप्तान सुनिल क्षेत्रीले पहेँलो कार्ड पाए । दुई पहेँलो कार्डका कारण उनले सेमिफाइनल गुमाउनेछन् । ६९ मिनेटमा भने नेपाल भारतविरुद्ध गोल गर्न सफल भयो । सन्दीप राईको फ्रिकिकमा विक्रम लामाले गरेको हेड बल बारमा लागेर फकिर्एको थियो । डि बक्समा अनमार्क रहेका अनिल गुरुङले गोल गरे र नेपाललाई सुरुवाति अग्रता दिलाए । ८० औं मिनेटमा नेपाल काउन्टरमा गोल गर्न सफल भयो । रविन श्रेष्ठले एकल प्रयासमा बल अघि बढाउँदै दिएको पासमा जुमानु राईले वन चट गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका हुन् ।

८६ औं मिनेटमा भरत खबासको स्थानमा युवा स्ट्राइकर विमल घतिर्मगर मैदान प्रवेश गरे । अन्तमा भारत निकै आक्रमक ढंगले खेल्दा सान्त्वना गोल गर्न सफल भयो । नावीको क्रममा रविन सिंहले एयर बलमा गोल गरेका हुन् । खेलमा थप गोल हुन सकेन र नेपाल भारतविरुद्ध २–१ को जित निकाल्न सफल भयो ।
अनिल गुरुङ च्यान अफ दि च्याच 
खेलमा अनिल गुरुङ च्यान अफ दि च्याच घोषित भएका छन् । खेलपछि उनले गोल गर्न पाएको निकै खुसी व्यक्त गरे । ‘चोटका कारण साफ खेल्न नपाइने हो कि भन्ने चिन्ता थियो तर, फिजियोले कडा मेहनत गरेर फिट बनाए’ उनले भने आजको गोल फिजियोलाई समपिर्त गर्छु । अनि टिम मेम्बर र सम्पूर्ण दर्शकलाई ।’ अन्तराष्ट्रिय फुटबलमा अनिलको यो दशौं गोल हो ।
तस्विरहरु : साहना बज्राचार्य 
प्रतिक्रिया