nepal national film award 2014 best actor dayahang rai and best actress sangam bista and richa sharma
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ साउन १२ मंगलबार । चलचित्र विकास बोर्डले हरेक बर्ष प्रदान गर्दै आएको राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधान सम्मान राष्ट्रपति कार्यलय शित्तल निवासमा सम्पन्न भएको छ । राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेताको पुरस्कार दयाहाङ राईले चलचित्र सम्बोधनबाट प्राप्त गरे । उत्कृष्ट अभिनेत्रीको पुरस्कार भने दुई जनालाई प्रदान गरियो । चलचित्र लभ यू बाबाकी अभिनेत्री संगम बिष्ट र चलचित्र टलकजंग भर्सेस टुल्केकी अभिनेत्री ऋचा शर्माले यो विधामा पुरस्कार प्राप्त गरेका छन् ।
national film award 2014 : best actor dayahang rai . best actress richa sharma and sangam bista
राष्ट्रपति डाक्टर रामवरण यादवले विभिन्न ८ विधामा पुरस्कार पाउन सफल चलचित्रकर्मीलाई पुरस्कृत गरेको अवार्ड समारोहमा उत्कृष्ट चलचित्रको पुरस्कार कबड्डीले प्राप्त गरेको छ । यस्तै, उत्कृष्ट चलचित्र निर्देशकको पुरस्कार निश्चल बस्नेतले चलचित्र ‘टलकजंग भर्सेस टुल्के’बाट प्राप्त गरे ।
national film award 2014
आदिवासी जनजाति चलचित्रको विधामा मतान चलचित्रलाई पुरस्कार प्रदान गरियो । चलचित्र लेखन अन्र्तगतको कथा, पटकथा र संवाद विधाको पुरस्कार भने ‘कबड्डी’बाट रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले प्राप्त गरे । उत्कृष्ट छायांकन र सम्पादन विधाको अवार्ड झिग्रानाले प्राप्त गरेको छ । जसअन्र्तगत छायांकनतर्फ शैलेन्द्रध्वज कार्की र सम्पादनतर्फ निमेश श्रेष्ठले पुरस्कार प्राप्त गरे ।
नेपाल सरकारको तर्फबाट चलचित्र क्षेत्रमा प्रतिनिधित्व गर्ने एक मात्र संस्था चलचित्र विकास बोर्डले वि.सं २०७१ साल वैशाख १ गतेबाट वि.सं २०७१ साल चैत्र मसान्तसम्म प्रदर्शनमा आएका चलचित्रहरुका आधरमा पुरस्कार वितरण गरेको हो ।
राजेन्द्र सलभ संयोजक रहेको जुरीमा करिष्मा मानन्धर, हेमन्त बुढाथोकी, कपिल पराजुली र दीपेन्द्र लामा सम्मिलित टोलीले ५० भन्दा ज्यादा फिल्म हेरेर उत्कृष्ट एकको नाम निकालेका थिए ।
नेपाली चलचित्रका निर्देशक, कलाकार, निर्माता निरविक्रम शाहलाई चलचित्रकर्मी दीर्घ साधान सम्मानबाट सम्मानित गरियो । उनलाई दोसल्ला, ताम्रापत्रका साथमा नगद ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ प्रदान गरियो । राष्ट्रपति यादवले उनलाई ताम्रापत्र र नगदसहित सम्मानित गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रपति डाक्टर रामवरण यादवले चलचित्रले देशको भाषा बोल्नुपर्ने बताए । उनले नयाँ बन्न लागेको संविधानमा सम्पूर्ण चलचित्रकर्मीलाई जनताका भनाई राख्नका लागि पहल गर्न आग्रह गरे ।
कार्यक्रमका विशिष्ट अतिथी सूचना तथा संचारमन्त्री डाक्टर मिनेन्द्र रिजालले आफू मन्त्री हुँदा चलचित्र क्षेत्रका लागि केही काम गर्न खोजेको भन्दै पछि यसलाई चलचित्रकर्मीले संझने विश्वास व्यक्त गरे । भावुक हुदै यो राष्ट्रिय चलचित्र पुरस्कार अवार्ड कार्यक्रममा सहभागी हुने अन्तिम रहेको समेत मन्त्री रिजालले बताए ।
national film award 2014 : best actor dayahang rai .
चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले आफ्नो २ बर्षे कार्यकालमा बोर्डले गर्न सक्ने सम्पूर्ण काम गर्ने बताए । उनले नयाँ संविधानमा चलचित्र क्षेत्रलाई पनि समेट्ने कुरामा आफू विश्वस्त रहेको बताए । चलचित्र विकास बोर्डले हरेक बर्ष विभिन्न विधामा चलचित्रकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।
national film award 2014 : best actress richa sharma
प्रतिक्रिया