‘थ्रि इडियट्स’ले भारतभर २०२.४७ करोड भारु कमाएको थियो भने ‘चेन्नई एक्सप्रेस’ले २०२.६७ करोड कमाइसकेको छ । रोहित शेट्टि निर्देशित ‘चेन्नई एक्सप्रेस’ राजु हिरानी निर्देशित ‘थ्रि इडियट्स’ पछि २०० करोड कमाउने दोस्रो हिन्दी चलचित्र भएको छ । चलचित्र ‘चेन्नईले दुई हप्तामा २०० करोड उठाएको हो । यसको विश्वव्यापी आम्दानी भने ३१४ करोड पुगेको छ । विश्वभरको कमाइमा भने अहिलेसम्म सन् २००९ को ‘थ्रि इडियट्स’ नै अगाडि छ । यसले ३९२ करोड भारु कमाएको थियो । चलचित्र चेन्नईले सबैभन्दा छिटो (चार दिन) सय करोड कमाउने फिल्मको रुपमा पनि कीतिर्मान राखिसकेको छ । यसअघि निर्देशक रोहितका ‘सिंघम’, ‘गोलमाल ३’ र ‘बोलबच्चन’ फिल्मले सय करोडको रेखा नाघेका थिए ।
प्रतिक्रिया