Teen Star Nepal 2015 contestant child Teej celebrated with old mother
विशाल चौतारी समाचार
काठमाडौ, २०७२ भाद्र २७ आइतबार । टिन स्टार नेपाल–२०१५ का प्रतियोगी बालबालिकाहरुले केही दिन अगाडी ‘दिव्या सेवा निकेतन जेष्ठ नागरिक आश्रालय’ गल्फुटारमा पुगेर त्यहाका आमाहरुसंग बालबालिकाहरुले निकै लामो समय बिताएका छन् । सथै सामाजिक कार्यको बारेमा ज्ञान समेत लिएका छन् ।
मर्निङ ग्लोरी इन्टरटेन्मेन्टले पहिलो पटक आयोजना गरेको टिन स्टार नेपाल–२०१५ को बालबालिकाहरुलाई आयोजक संस्थाकी अध्यक्ष मोहना खनाल क्षेत्रीले लिएर गएका थिए । बालबालिकाहरुले तिज विशेष कार्यक्रममा आमाहरुसंग धेरै कुराहरु सिकेको अध्यक्ष खनालले बताइन् । प्रतियोगी बालबालिकाहरुलाई समाजमा वृद्ध आमाहरुलाई परिवारमै स्थान दिनुपर्छ, उनिहरुलाई सम्मान, माया गर्नुपर्छ भन्ने शिक्षा दिइएको थियो ।
अडिसन चलिरहेको प्रतियोगीताका लागि कक्षा ७ देखि १२ सम्मका किशोरकिशोरीले भाग लिन पाउनेछन् । यो प्रतियोगीता पहिलोपटक हुन लागेको हो । यसअघि मर्निङ ग्लोरीको आयोजनामा लिटल च्याम्प, सुपर किड्सजस्ता प्रतिस्पर्धा सम्पन्न भइसकेको छन् ।
चर्चित आरजे, मोडल तथा कोरियाग्राफर कला सुब्बाले यस प्रतियोगीताको कोरियोग्राफी गरिरहेकी छिन्, भने एसिस्नेट कोरियोग्राफीमा बिपास्ना क्षेत्री खनालले काम गरिरहेकी छिन् ।
प्रतिक्रिया