Bisal Chautari Logo

पर्सामा पार्वतिलाई बोक्सिको आरोपमा कुटपिट गर्दा मृत्यु

- १ भाद्र २०७०, शनिबार १६:४० मा प्रकाशित


१ भदौ पर्सा ।
सुगौली–९ बस्ने ४५ बर्षीया पार्वती देवी राउतको कुटपिटबाट मृत्यु भएको छ । उनलाई सोही ठाँउ बस्ने १८ बर्षीय अनिल राउत थारु, ३० बर्षीय विश्राम थारु, २० बर्षीया प्रतिमा कुमारी थारु समेतकाले बोक्सीको आरोप लगाई घरबाट नियन्त्रणमा लिएर मोहन चौधरीको घर अगाडी लगेर कुटपिट गर्दा गम्भीर घाइते भएकोमा निजको साउन ३२ गते मृत्यु भएको थियो ।
प्रहरीले उक्त घटनामा संलग्न सुगौली–९ बस्ने ५० बर्षीया पासपती देवी, ३५ बर्षीया रेणुदेवी महतो सहित ३ जनालाई पक्राउ गरेको छ भने अन्य फरार अभियुक्तहरुको खोजतलास गरीरहेको छ ।

प्रतिक्रिया