sakela 2072 festival Kirat communities Udhauli Parva
विशाल चौतारी समाचार
तस्बिरहरु : विशाल राई ( www.facebook.com/Bishalrais )
काठमाडौ, २०७२ पौष १२ आइतबार । राई समुदायको महान चाड उधौली साकेला भव्यताका साथ टुडिखेलमा हिजो शनिबार मनाइएको छ । काठमाडौको चिसो मौसमलाई वास्ता नगरी टुडिखेल खुल्ला चौरीमा उधौली साकेला सव्य र सभ्य किसिमले सम्पन्न भएको छ । राई समुदायका सबै बहुभाषी राईहरुले साकेलामा सहभागीता जनाएका थिए । ढोल, झ्याम्टा, चम्मर लगायत भाषा अनुसार पहिरणमा सजिएर साकलेला सम्पन्न भएको थियो ।
वैशाखे पूर्णिमामा साकेला (बहुभाषी किरात राईहरूले फरक–फरक नामले पुकार्छन्) उभौली र मंसिरे पूर्णिमामा उाधौली मनाउने गर्छन् । अन्न दिने प्रकृतिको पूजा र जीवन दिने पूर्वजको सम्झना गर्दै मनाइने साकेला उाभौली कतै १५ दिन त कतै महिना दिनसम्म मनाइने गरिन्छ ।
प्रतिक्रिया