Bhadrakala Angbuhang Rai support of 12 kg tumor operation
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ बैशाख २८ मंगलबार । ताप्लेजुङ चाागेका कृष्णप्रसाद भट्टराईको १२ केजीको ट्यूमर अप्रेशनका लागि गीतकार भद्रकला आङबुहाङ राई र चाागेधर्ती आमाकोष संस्थाले सहयोग गरेको छ । भट्टराईको १० वर्षदेखि आएको गालाको ट्यूमर ६० वर्ष पुग्दा १२ केजीको भएको थियो । त्यही ट्यूमरलाई चाागेधर्ती आमाकोष र गीतकार भऽकला आङबुहाङको सहयोगमा अप्रेशन गरेको हो । सुषमा कोइराला मेमोरियल अस्पताल सााखुका डा. जस्वन श्रेष्ठको अगुवाईमा अप्रेशन भएको हो । अप्रेशनमा स्वदेशी र विदेशी डक्टर मिलेर करिब ७ घन्टा समय लगाएर १२ केजी ट्यूमर फालिएको थियो ।
संगीतकार राजु सिंह, संगीतकार संघका अध्यक्ष लक्ष्मण शेष, चाागेधर्ती आमाकोषका सल्लाहकार खड्गजंग आङबुहाङ, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रिय, संगीतकार सुरेश अधिकारीलगायतका सुषमा कोइराला मेमोरियल अस्पतालका डाक्टरहरुको आतिथ्यतामा भएको कार्यक्रममा ट्यूमर पीडित कृष्णप्रसाद भट्टराईको अप्रेशन कसरी गरियो ? भन्नेबारेमा प्रष्ट पारिएको थियो । भट्टराईको अप्रेशन गर्दाको भिडियो देखाउादै उनको उपचारमा संलग्न डाक्टरहरुले आफ्नो अनुभव सुनाएका थिए ।
त्यस्तै समाजसेवी एवं गीतकार भद्रकला आङबुहाङ राईले हङकङबाट आफ्नो भिडियो मन्तव्यमा चाागेधर्तीले पीडित कृष्णप्रसादको उपचारमा सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै उपस्थित अतिथिहरुलाई हार्दिक आभार प्रकट गरेकी थिइन् ।
सोही कार्यक्रममा समाजसेवी एवं गीतकार भद्रकला आङबुहाङ राईको गीतिसंग्रह अजम्बरीको चारवटा गीतको म्यूजिक भिडियोसमेत प्रदर्शन गरिएको थियो भने म्यूजिक भिडियोमा जोडिएका सहयोगी हातहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो । त्यस्तै चाागेधर्ती आमाकोषको तर्फबाट पीडित भट्टराईको उपचारमा संलग्न डाक्टरहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रम दिनेश डिसीले संचालन गरेका थिए ।
प्रतिक्रिया