Mrs Mongol Nepal 2016 Photoshoot
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ ६ सोमबार । मंगोलियन समुदायका विबाहित महिलाहरुको विविध कला संस्कृती प्रर्वदन गर्दै उनीहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले आयोजना भइरहेको मिसेस मंगोल नेपाल–२०१६को फोटोसुट सम्पन्न भएको छ । गत शनिबार राजधानीको दरबारमार्गको सि–डब्लु रेस्टुरेन्टमा गरिएको फोटोसुट मिसेस मंगोल नेपाल–२०१६को अफिसियल फोटोग्राफर तथा मिडिया पार्टनर विशाल चौतारी डटकमका विशाल राईले गरेका थिए ।
एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको मिसेस मंगोल नेपाल–२०१६ सिजन–३ को फोटोसुटमा प्रतियोगिताका १६ जना छनौट विबाहित महिलाहरुको फोटोसुट गरिएको थियो । फोटोसुटको बारेमा बोल्दै एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले प्रतियोगीहरु धेरै मेहेनती भएको बताए ।
एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् ।
प्रतिक्रिया