Shah Rukh Khan’S Son With Amitabh Bachchan’S Granddaughte
एजेन्सी
मुम्बई, २०७१ बैशाख, २९ सोमबार । बलिउड किङ खान शाहरुखको छोरा आर्यन र बलिउड चलचित्र उद्योगकै महा अभिनेता अमिताभ बच्चनकी नातिनी नब्या नवेली लण्डनमा एकसाथ एउटै स्कुलमा अध्ययन गरिरहेका छन् । सो स्कुलका नाम हो सेवन ओक्स स्कुल । यी दुई क्लास मेट साथि मात्र होइनन्, उनीहरु एक नजिकका साथिपनि हुन् ।

यी दुई जोडीको बलिउडमा पछिल्लो समयमा निकै चर्चा हुने गरेको छ । यी दुई जोडी आर्यन र नब्यालाई स्कुलको गेट टुगेदर तथा ट्रिप्सको क्रममापनि एकसाथ भेटिने गरेका छन् । पछिल्लो समयमा यी दुईको तस्विर उनीहरुका कुनै साथिले सामाजिक सञ्जालमा अपलोड गरिदिएका छन् । जुन तस्बिरपनि कुनै ट्रिप या गेट टुगेदरको क्रममा खिचिएको छ ।
प्रतिक्रिया