Bisal Chautari Logo

अबुधाबीमा पहिलो चोटी भव्य रुपमा ‘नेपाली म्यूजिक भिडियो अवार्ड’ हुने (लाइभ भिडियो सहित)

- २० श्रावण २०७३, बिहीबार ०७:४१ मा प्रकाशित


लाइभ भिडियो हेर्न यहा क्लिक गनुहोला

nepali music video award in abu dhabi city
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन २० बिहिबार । पहिलो पटक अन्तरराष्ट्रिय रुपमा विदेशमा नेपाली म्यूजिक भिडियो अवार्ड आयोजना हुदैछ । सेप्टेम्बर ९ अर्थात भदौ २४ गते यूएइको अवुधावीमा यो अवार्ड आयोजना हुन लागेको हो । गत मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा अवार्डको तयारी र कार्यक्रम शैलीको बारेमा जानकारी दिइयो । संगीक्षा फिल्मस्को आयोजनामा यूएइको नमस्ते ट्राभल्स्ले अवार्ड आयोजनामा सहकार्य गर्नेछ ।
nepali music video award in abu dhabi cityयूएइबाट पत्रकार सम्मेलनका लागि नेपाल आएका महेश गिरी र एकेन्द्र थापाले अवार्डको बारेमा जानकारी गराएका थिए । कार्यक्रममा बोल्दै थापाले आफू यूएइ फर्किएपछि अवार्डको प्रचार र तयारी सुरु गर्ने बताए । उनले नेपाली कला र संकृतीलाई विदेशमा पनि अगाडि बढाउन अवार्डको आयोजना गर्न लागिएको जानकारी दिए ।
यस्तै, आयोजक मध्येका अर्का एक महेश गिरीले आफूले पनि म्यूजिक भिडियोमा अभिनय गरेको बताए । उनले दुबई, अवुधावीमा पुगेर बलिउड चलचित्रको छायांकन हुने, अवार्ड हुने भन्दै अब नेपाली म्यूजिक भिडियो अवाडले नयाा शैलीको ढााचा कोर्ने बताए । उनले यो अवार्ड म्यूजिक क्षेत्रको मात्र नभएर देशकै अवार्ड भएको बताए ।
nepali music video award in abu dhabi city-1संगीक्षा फिल्मस्का अध्यक्ष तथा अवार्ड आयोजना गर्न लागेका मनोज केसीले चलचित्रपछि आफूले म्यूजिक भिडियोको अवार्डमा हात हालेको बताए । उनले आफूले पैसा कमाउन भन्दा पनि मलामी कमाउनका लागि यस्ता खालका कार्यक्रम गरेको बताउादै अवार्डमा कुनै धााधली नहुने स्पष्ट पारे ।
नेपाली म्यूजिक भिडियोको दुनियाालाई विश्व बजारमा र्पुयाउनका लागि यो अवार्डको सुरुवात गरिएको उनको भनाई थियो । पहिलो ‘नेपाली म्यूजिक भिडियो अवार्ड’मा १७ विधामा अवार्ड प्रदान गरिदैछ । अवार्डमा सहभागी हुनका लागि ५० जनाको कलाकार र पत्रकारको टोली यूएइ पुग्नेछन् ।
अवार्ड आयोजना गर्न लागेको केसीका अनुसार यही अवार्डमा चलचित्र क्षेत्रका ४ जना हस्तीलाई पनि सम्मान गरिनेछ । उनका अनुसार गतबर्षको ‘पपुलर चलचित्र, पपुलर निर्देशक, पपुलर नायक र पपुलर नायिका’लाई सम्मान गरिनेछ । यस्तै, यूएइमा बसेर नेपाली संगीतमा लागिरहेका संगीतकर्मीलाई पनि सम्मान गरिनेछ ।

प्रतिक्रिया