म छनोट भएको कुरा सुनाउँदा बाबा र मामु पनि धेरै खुसी हुनुभयो। परिवारका सबैले साथ दिइरहनु भएको छ, उनले भनिन्। अमेरिकामा बस्ने नेपालीहरुले गर्ने एएनए कन्भेन्सनअन्तर्गत् यो फेसन इभेन्ट छैटौंपटक हुन लागेको हो।
पूर्व मिस नेपाल माल्भिका सुब्बा, मलिना जोशी, प्रशान्त ताम्राकार र सुमित सिग्देल लगायत निर्णायकले अनलाइनबाट प्रतियोगीहरु छनोट गरेका थिए। अमेरिकामा बस्ने युवा पुस्ताका नेपालीहरुलाई फेसनबारे जानकार गराउन प्रतियोगिता गरेका हौं, आयोजकका अर्जुन केसीले भने।
आउँदो शुक्रबार प्रतियोगिताको फाइनल न्युयोर्कमा हुँदैछ। अमेरिकाका विभिन्न सहरमा बसोबास गर्ने १८ देखि २७ वर्षसम्मका आठ महिला र आठ पुरुष प्रतियोगितामा छानिएका छन्। विजयीले मिस्टर भोग एएनएु र मिस भोग एएनएुको उपाधि पाउनेछन्। साभार : नागरिक दैनिक
प्रतिक्रिया