miss and mrs kavre idol 2017 winner mamata tamang and samjhana lama
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : विशाल राई, सुदिप राई
बनेपा, २०७३ फाल्गुन १७ मंगलबार । काभ्रे जिल्लामै पहिलो चोटी आयोजना भएको ‘मिस काभ्रे आइडल–२०१७’को उपाधी ममता तामाङले जितेकी छिन् । साथै सब–टाइटल अन्र्तगत बेस्ट फोटोजेनिकको उपाधीपनि ममताले आफ्नो पोल्टामा पारिन् । निर्णायक मण्डलका प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाले गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै ममताले उपाधी चुमेकी हुन् ।
पञ्चकन्या पार्टि प्यालेस बनेपामा गत सोमबार १६ गते भएको अन्तिम प्रतिस्पर्धामा ममताले ‘मिस काभ्रे आइडल–२०१७’को उपाधी चुम्दा रुक्साना कार्कीले फस्ट अनरअपको उपाधी आफ्नो शिरमा पार्न सफल भइन् । उनले सब–टाइटल अन्र्तगत बेस्ट क्याट वल्कको उपाधीपनि जितिन् । त्यस्तै सेकेन्ड रनरअपको उपाधी निकिता मानन्धरले जितिन् । निकितालेपनि सब–टाइटल अन्र्तगत बेस्ट हेयरमा उपाधी पाइन् ।
एमाजोन इन्टरटेन्मेन्टले महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले आयोजना गरेको ‘मिस काभ्रे आइडल –२०१७’को सब–टाइटलमा बेस्ट ट्यालेन्टको उपाधी मनिशा थापाले आफ्नो पोल्टामा पारिन् । मनिशाले मोस्ट पपुलर र बेस्ट ड्रेसको उपाधीपनि सब–टाइटल मार्फत जितिन् । त्यस्तै क्रमश: बेस्ट क्किन रोजि कपाली, बेस्ट डिसिप्लेन अन्जना श्रेष्ठ, बेस्ट स्माइल किमबेल्ली तामाङ, बेस्ट पर्सनालिटि रोजिना बन्जरा, मोस्ट चार्मीङ रस्मिला तामाङ, मोस्ट एक्टिभ लक्ष्मि मगराती, मोस्ट पंचुअल सर्मीला श्रेष्ठ र मोस्ट कन्फिडेन्ट अनिशा तामाङले सब–टाइटल अन्र्तगत जितेका छन् ।
‘मिसेस काभ्रे आइडल –२०१७’ को उपाधी सम्झना लामाले आफ्नो शिरमा पार्न सफल भएकी छिन् । निर्णायक मण्डलका प्रमुख निर्णायक आरजे तथा मोडल कला सुब्बाले नै गरेको अन्तिम प्रश्नमा अन्य प्रतियोगीले भन्दा उत्कृष्ट उत्तर दिदै सम्झनाले उपाधी चुमेकी हुन् । सम्झनाले ‘मिसेस काभ्रे आइडल –२०१७’ उपाधीसंगै सब–टाइटल अन्र्तगत मोस्ट इन्टेलिजेन्टको उपाधीपनि आफ्नो पोल्टामै पार्न सफल भइन् ।
त्यस्तै फस्ट रनरअपको उपाधी गोमा थापा सिंहले जितिन् । उनलेपनि सब–टाइटल अन्र्तगत बेस्ट स्किनको उपाधी जितिन् । उता सेकेन्ड रनरअपको उपाधी जुनी श्रेष्ठले आफ्नो शिरमा पार्न सफल भइन् । सब–टाइटल अन्र्तगत जुनिले बेस्ट ट्यालेन्ट, मोस्ट पपुलर र ‘मिस एण्ड मिसेस अन्र्तगत गरिएको भिवर च्वाइज जितिन् ।
बिवाहित महिलाहरुको क्षमता अभिवृद्धि र सामाजिक काममा अग्रसर गराउने उद्देश्यले आयोजना गरिएको ‘मिसेस काभ्रे आइडल –२०१७’को सब–टाइटलमा क्रमश: बेस्ट फोटोजेनिक अनामिका पाण्डे, बेस्ट स्माइल करुणा श्रेष्ठ, मोस्ट एक्टिभ निशा भुजेल, बेस्ट पर्सनालिटि मन्जु भुजेल, मोस्ट कन्फिडेन्ट सृजना केसी, मोस्ट चार्मिङ पुनम सापकोटा र बेस्ट ड्रेस अनामिका पाण्डेले सब–टाइटल अन्र्तगत जितेका छन् ।
‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’को कोरियोग्राफ एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले गरेकी थिइन् । प्रतियोगीतामा चर्चित कोरियोग्राफर कला सुुब्बा, अभिनेत्री मेलिना मानन्धर, अभिनेता गजित विष्ट, मोडल तथा अभिनेता दिक्पाल कार्की र ‘ब्युटिसियन नेपाल–२०१६’की बिजेता कमला अधिकारी निर्णायक मण्डलमा रहेका थिए ।
‘मिस एण्ड मिसेस काभ्रे आइडल –२०१७’ को फाइनल कार्यक्रम हेर्न आएका दर्शकहरुले साङ्गीतिक प्रस्तुती तथा डान्सबाट मनोरञ्जन लिन पाएका थिए । कार्यक्रमको सुरुवातीमै गायिका तायाहाङ्मा राईले आफ्नो नयाँ गीतहरुबाट दर्शक नचाएकी थिइन् । त्यस्तै चर्चित पप गायक धिरज राईले पनि आफ्ना पुराना हिट नम्बर गीतबाट दर्शकहरु नचाएका थिए ।
कार्यक्रमका अन्य तस्बिरहरु हेर्नुहोला :–
प्रतिक्रिया