rajesh payal rai Support for rehabilitation of disabled school
विशाल चौतारी समाचार
तस्बिर : बिशाल राई
काठमाडौ, २०७३ फाल्गुन ३० सोमबार । नेपाली साङ्गीतिक क्षेत्रका राई इज किङ राजेशपायल राई गायनसंगै समाजसेवामा पनि अगाडी छन् । राजेशपायल राई फाउण्डेशन स्थापना गरेर समाजसेवामा आफूलाई सक्रिय गराउादै आएका राजेशपायलले राजधानीको नैकापस्थित एक अपांग विद्यालयमा पुगे । जहाा १५ जना अपांग बालबालिका आश्रित छन् ।
राजेशपायलले अपांग बालबालिकासाग करिब एक घण्टा भलाकुसारी गरे । भरत घिमिरेको सङ्योजनमा दुई हजार इाटाको मूल्य बराबर २४ हजारको चेक गायक राजेशपायलको हतबाट हस्तातरण गरियो । गायक राजेशपायलले पहिलो चोटी तयारीका साथ नआएकाले सहयोग गर्न नसकेको बताउदै फेरि आउदा सहयोग गर्ने प्रतिबद्धता जनाए ।
नैकापस्थित सिर्जनशील अपांग पुनस्र्थापना तथा विशेष शिक्षा विद्यालयलाई नगद सहयोग गरेका हुन् । करिब दुई वर्षअघि स्थापना भएको उक्त अपांग पुनस्र्थापना केन्ऽले हाल जग्गा बहालमा लिएर भवन बनाइरहेको छ । तर, आर्थिक अभावका कारण काम रोकिएको विद्यालय सञ्चालक समितिकी अध्यक्ष सुशीला मल्लले बताइन् । उनले भनिन्, ‘अहिलेसम्म कतैबाट सहयोग पाएका छैनौं । तर, आज नेपालका राष्ट्रिय कलाकार राजेशपायल राईले सहयोग गरे हामीलाई ठूलो गुण गर्नुभएको छ ।’
उक्त सिर्जनशील अपांग पुनस्र्थापनालाई १२ जना मिलेर सुरुवात गरेको हो । अहिलेसम्म पुनस्र्थानाकै सदस्यहरुको बलबुतोले चलिरहेको अध्यक्ष मल्लले बताइन् । १२ जना सञ्चालक समिति रहेको यस अपांग आवास तथा विद्यालयमा १५ जना अपांग बालबालिकाहरुलाई पढाउने काम पााच जना शिक्षक तथा शिक्षिकाले गरिरहेका छन् । तर, उनीहरुले आफूहरुलाई शिक्षक तथा शिक्षिका नभन्न आग्रह गरे । उनीहरुले भने, ‘हामी शिक्षक–शिक्षका होइन, सयंम सेवक हुा ।’ हुन पनि उनीहरुले बेतलवी अध्यायपन गराउादै आएका छन् । घिमिरले पनि राजेशपायल मार्फत सहयोग गर्न पाउदा खुशी लगेको बताए ।
राजेशपायल पछिल्लो केही वर्षयता विश्वका विभिन्न मुलुकमा स्टेज पर्फमेन्स गर्नमै व्यस्त हुादै आएका छन् । अमेरिका र युरोपलाई पानी पधारो बनाउादै आएका राजशेपायल केही दिनमै अफ्रिकन मुलुक नाइजेरियामा सांगीतिक कार्यक्रमका लागि जाादैछन् । जहाा पहिलोपटक नेपाली कलाकारलाई प्रस्तुत गर्न लागिएको हो । यसको सौभाग्यमा पनि राजेशपायलले नै पाएका छन् । अफ्रिकन नाइजेरियामा कार्यक्रमका लागि जान लागेका राजेशपायलले भने, ‘नाइजेरिया, जहाा पहिलोपटक जाादैछु ।’
प्रतिक्रिया