Beautician nepal 2017 talent show
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ चैत २० आइतबार । एमाजोन इन्टरटेन्मेन्टले आयोजना गरिरहेको ‘ब्युटिसियन नेपाल – २०१७’ तेस्रो सिजनका लागी ३१ जना अन्तिम प्रतिस्पर्धाका लागी छनौट भएका छन् । केही दिन अगाडी काठमाडौको सि–डब्लु होटलमा ‘ब्युटिसियन नेपाल – २०१७’को ट्यालेन्ट शो सम्पन्न भएको छ ।
छनौट भएका ३१ प्रतिस्पर्धीले नृत्य, कविता, गीत गायन तथा अन्य धेरै प्रतिभाहरु देखाएका थिए । सधै वर्षहरुमा जस्तै यस वर्षका प्रतिस्पर्धीहरु धेरै ट्यालेन्टेड भएकाले छनौट गर्न गाह्रो परेको एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले बताइन् ।
महिलाहरुको क्षमता अभिवृद्धि र प्रतिभा प्रस्फुटनका गर्ने उद्देश्यले ‘ब्युटिसियन नेपाल – २०१७’को आयोजना गरिएको एमाजोन इन्टरटेन्मेन्टका अध्यक्ष कमल खतिवडाले बताए ।
चैत २६ गते काठमाडौ मलको ग्लालेक्सी हल काठमाडौमा फाइनल हुन लागेको प्रतियोगितामा एमाजोन इन्टरटेन्मेन्टका अफिसिय कोरियोग्राफर हिमानी सुब्बाले अहिले अन्तिम प्रतिस्पर्धीहरुलाई विभिन्न व्यक्तित्व विकास लगायत विषयमा शिक्षा दिइरहेकी छिन् ।
प्रतिक्रिया