Bisal Chautari Logo

विषालु सर्पले टोक्दा थाहा पाउने संकेत, बच्ने उपाए

- १२ श्रावण २०७४, बिहीबार ११:४१ मा प्रकाशित


 health and science

विशाल चौतारी समाचार
एजेन्सी, २०७४ श्रावण १२ बिहिबार । वर्षायामको समयमा सर्पले टोक्नु निकै खतरा मानिन्छ , तर धेरैजसो सर्प विषालु हुादैनन् भने केही धेरैनै विषालु हुन्छन् ।यस्तो बेला यो थाहा पाउन आवश्यक छ कि जुन सर्पले टोकेको छ त्यो विषालु छ कि छैन । यदि सर्प विषालु छ भने यसले शरिरमा तुरुन्त परिवर्तन आउन थाल्छ । विषालु सर्पले टोक्दा शरिरमा कस्ता खाले संकेत देखिन्छन् भन्ने बारे यहा ६ संकेतको  जानकारी दिइएको छ ।

images

टोकेको ठाउा सुन्निने वा रातो हुन्छ अथवा निलो हुन थाल्छ ।
टोकेको ठाउामा अत्यधिक पीडा हुनथाल्छ ।
सास फेर्न समस्या हुन थाल्छ ।
बान्ता हुन थाल्छ र डर लाग्न थाल्छ ।
आाखा धमिलो हुने गर्दछ ।
अनुहार र हातखुट्टा सुन्निन थाल्छ ।
सर्पले टोक्दा कसरी ज्यान बचाउने ? र बच्ने तरिका,
डर हटाउनुहोस
पीडित व्यक्तिलाई डर देखाउन बन्द गर्नुहोस् । यदि ती व्यक्ति डराएका छन् भने पनि उनीहरुलाई डर मुक्त गराउनुहोस् किनभने धेरैजसो मानिसहरु डराएको भरमा नै प्राण त्याग्ने गर्दछन् ।
धेरै हल्लिन नदिनुहोस
पीडितलाई सीधा सुत्न लगाउनुहोस् । उनलाई धेरै हल्लिन नदिनुहोस् । यसले रक्तसंचार स्लो हुने गर्दछ जसले विष शरिरमा तीब्र रुपमा फैलिन दिादैन ।
शरिरबाट अतिरिक्त कुराहरु हटाइदिनुहोस
जुत्ता, औंठी, चुरा, पाउजुजस्ता कुराहरु हटाइदिनुहोस् किनभने विष फैलिादा हात–खुट्टा सुन्निने गर्दछ । यस्तोमा यी कुराहरुका कारण उक्त भागमा रक्तसंचार रोकिन सक्छ ।
सूईमार्फत रगत निकाल्नुहोस
जुन ठाउामा सर्पले टोकेको छ त्यहाा सूईमार्फत रगत बाहिर निकाल्नुहोस् । त्यसकारण यस्ता कुराहरु घरमा राख्नुहोस् ।
पट्टी बााध्नुहोस
घाउमा पट्टी बाध्नुहोस् र पीडितलाई तुरुन्त अस्पताल पुर्याउनुहोस् ।

प्रतिक्रिया