Bisal Chautari Logo

स्वाइनको फ्लूको कारण दुई जनाको मृत्यु

- १८ श्रावण २०७४, बुधबार १३:३० मा प्रकाशित


Two people died reason to swine flue

विशाल चौतारी समाचार
झापा, २०७४ श्रावण १८ बुधबार । स्वाइनफ्लू रोगको सङ्क्रमणबाट झापामा दुई जनाको मृत्यु भएको छ ।
sanfuluबिर्तामोड ४ निवासी ४७ वर्षीया अनितादेवी मित्तल र बिर्तामोड १ निवासी ३७ वर्षीया मनिषा अग्रवालाके मृतु भएको छ । उनीहरुको भारतको नयाा दिल्लीस्थित एपोलो हस्पिटलमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । उनीहरुमा स्वाइन फ्लू रोगको सङ्क्रमण भेटिएको अस्पतालले पुष्टि गरेको छ ।

श्वासप्रश्वासमा समस्या र खोकी लागेपछि अनितालाई उपचारका लागि असार २१ गते भारतको सिलगढीस्थित नवदिता नर्सिङ होममा भर्ना गरिएको थियो ।
साता दिन बित्दा पनि स्वास्थ्यमा सुधार नआएपछि थप उपचारका लागि उनलाई एयर एम्बूलेन्समार्फत एपोलो हस्पिटल र्पुयाइएको थियो ।
अस्पताल र्पुयाए लगत्तै अनितालाई चिकित्सकले स्वाइनफ्लू भएको आशङ्का गरेका थिए । हस्पिटलमा उपचार सुरु भएको ७२ घण्टा वित्न नपाउादै हस्पिटलका डा. एमएस कनवर तथा डा. अन्सारीसहितको १८ जनाको टिमले स्वाइन फ्लूका कारण अनिताको मृत्यु भएको घोषणा गरे ।
मृतक अनिताका श्रीमान् राजुका अनुसार १५ गते राति आफ्नै श्रीमतीको जस्तै स्वास्थ्यमा समस्या देखिएर अस्पताल र्पुयाइएकी मनिषाको पनि उपचारकै क्रममा मृत्यु भएको छ । उनको पनि स्वाइनफ्लूका कारण नै मृत्यु भएको अस्पतालले पुष्टि गरेको राजुले बताए ।

प्रतिक्रिया