Om Hospital women died of neglect
– नविन राई (फोटो तथा भिडियो)
काठमाडौ, २०७४ श्रावण १९ बिहिबार । ओम अस्पतालमा अप्रेशनको क्रममा एक महिलाको मृत्यु भएको छ । हिजो साझ ओम हस्पिटलमा पत्थरीको उपचार गर्न आएकी महिलाको मृत्यु भएको हो ।
केही समय अघि ओम अस्पतालमा अप्रेशन गरेकी महिलाको मृत्यु भएको घट्ना सेलाउन नपाउदै पूर्ण एक जना महिलाको मृत्यु भएको छ । डाक्टर कमल कोइरालाको नेतृत्वको टोलीले लामिछानेको उपचार गरेका थिए ।
दुइै छोरीहरुसग चाबहिमा बस्दै आएकी ५५ वर्षीय नन्दकुमारी लामिछानेको मृत्यु भएको हो । उनी पत्थरीको उपचारका लागि हिजो साझ ६ बजे अस्पताल पुगेकी थिइन । करिब साझ ८ बजे अपरेशन सफल भएको जानकारी अस्पतालले जनाएको थियो । तर , मध्य रातको १ बजे विरामीको मृत्यु भयो भन्ने विरामीका आफन्तले जानकारी पाए ।
लामिछाले पहिलादेखि नै पत्थरी रोगबाट गृसित थिएइन र डा कमल कोइराले उक्त मसहलालाई अपरेशन र्गनु पर्छ भनेर सल्ला दिएको र लामिछानेले नमन्दन नमान्दै दुई छोरीले अस्पतालमा भर्ना गरेका आफन्तले बताए ।
उपचारका क्रममा लामिछानेको मृत्यु भएपछि उनका आफन्त, गाउले लगायत अहिले अस्पताल परिसरमा भेला भएका छन् । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दे अहिले अस्पताल बन्द गरिएको छ । साथै अस्पताल परिसरमा उल्लेख्य सैयौमा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
प्रतिक्रिया