four boys died in the road
विशाल चौतारी समाचार
रैतहट, २०७४ श्रावण २१ शनिबार । सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधिन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो ।
मृत्यु हुनेहरूमा स्थानीय जोगेन्ऽ शाहकी ९ वर्षीय छोरी सुनैना कुमारी, रामएकवाल शाहकी १२ र ९ वर्षीया छोरी संगिता कुमारी र सुनिता कुमारी, प्रेमनारायण शाहकी ९ वर्षीया छोरी सुस्मिता कुमारी रहेका छन् ।
घाास काट्न हिडेका उनीहरू अत्याधिक गर्मीका कारण नुहाउन उक्त सडकखण्डको खाल्डामा पुगेका थिए ।
चारै बालिकाहरूलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक केशव रेग्मीले बताए।
चारदिनदेखि अविरल रुपमा परेको पानीले सडकका प्राय खाल्डाहरू भरिएर पोखरी भएका छन् ।
प्रतिक्रिया