The first weeks of December, and the center of the state election
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २२ आइतबार । नेकपा माओवादी केन्ऽका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिर पहिलो हप्ताभित्र प्रदेश र केन्ऽका निर्वाचन सम्पन्न गर्ने गरी दलबीच छलफल सुरु भएको बताएको छ ।
प्रेस सेन्टर नेपाल प्रदेश नं ४ द्वारा आइतबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री दाहालले आफूहरूले प्रत्यक्ष निर्वा्चित कार्यकारी राष्ट्रपति वा प्रमुखबाट मात्र राजनीतिक स्थिरता, समृद्धि र विकास सम्भव भएको कुरा सुरुदेखि नै उठाउादै आएको उल्लेख गरेका छन् ।
भरतपुरको निर्वाचनका सम्बन्धमा पत्रकारको जिज्ञासामा अध्यक्ष दाहालले अध्यक्ष केपी शर्मा ओलीले चितवनको निर्वाचन परिणामलाई सहज रूपमा लिादै आरोप प्रत्यारोप नगर्न पार्टी कार्यकर्तालाई आग्रह गर्दै एउटा जिम्मेवार नेताको भूमिका निर्वाह गरेको स्मरण गराए ।
दाहालले माओवादीप्रति तराईमा सकारात्मक भावना विकास भएको बताउादै तराई र पहाडबीचको एकता आवश्यक भएको तर मधेसी राष्ट्रवाद र पहाडी राष्ट्रवाद दुवै राष्ट्रको हितमा नरहेको स्पष्ट पारे । रासस
प्रतिक्रिया