Digging the grave
विशाल चौतारी समाचार
ईलाम, २०७४ श्रावण २४ मंगलबार । इलामको माईजोगमाई गाउापालिका–४ नामसालिङमा माटोमा गाडिएको शव खनेर सुनका गहना चोरी भएको छ । चिहानमा शवसागै गाडिएको चार आनाको मङ्गलसूत्र चोरी भएको हो ।
नामसालिङकी ३० वर्षीया सुनिता लिम्बूको टाइफाइडका कारण उपचारका लागि झापातर्फ लैजाादै गर्दा बुधबार बाटैमा मृत्यु भएको थियो । उनको शव बिहीबार लिम्बू परम्पराअनुसार घरनजिकै माटोमा पुरिएको थियो । शव पुरिएको चौबीस घण्टा नबित्दै चिहान खनेर शुक्रबार राति मङ्गलसूत्र चोरी भएको स्थानीय बासिन्दा भुवन लिम्बूले जानकारी दिनुभयो ।
चिहानमा धेरै गरगहना पुरिएको आशङ्कामा शव खनेको देखियो”, उहााले भन्नुभयो, ँकानमा लगाएको केही सुन छाडेर चोरले अन्य गहना पनि चोरी गरेर शव पुन: गाडेको भेटियो ।” चिहान खनेर सुन चोरी गर्ने व्यक्ति पत्ता लाग्न नसकेको र यो अत्यन्त घृणित कार्य भएको स्थानीय बासिन्दाको भनाइ छ । लिम्बू परम्परामा मानिसको मृत्यु भएपछि शवसागै उसले लगाएका गरगहना र प्रयोग गरेका सामग्री चिहानमा पुर्ने प्रचलन छ ।
प्रतिक्रिया