Bisal Chautari Logo

अस्पतालले गलत औषधि दिएपछि बालिकाको मृत्यु, अस्पतालले तिर्‍यो पााच लाख

- २४ श्रावण २०७४, मंगलवार १३:२७ मा प्रकाशित


Girl’s death by giving false drugs
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २४ मंगलबार । काठमाडौा मेडिकल कलेज सिनामंगलमा चिकित्सकले दिएको औषधिको असरले नौ वर्षीय बालिकाको मृत्यु भएपछि अस्पतालले रु पााच लाख क्षतिपूर्ति तिरेको छ ।
kathmandu medical collage

सिनामंगल बस्ने नौ वर्षीया बालिका सुनिता बस्नेत पलङबाट लड्दा खुट्टा मर्किएपछि परिवारले उक्त अस्पताल पुर्‍याएका थिए । चिकित्सकले खुट्टामा ब्याण्डेज लगाई ‘फ्ल्याक्जन’ नामक औषधि दिएका थिए ।
सोही दिन घर फर्किपछि औषधिले बालिकालाई नकारात्मक असर गर्दा शरीरमा पेट फुल्नेलगायतका विभिन्न समस्या देखिएपछि पुन: २३ गते बेलुका ५ बजे अस्पताल पुर्‍याइएकी बालिकाको सााझ ७ बजेतिर मृत्यु भएको थियो ।
बिरामीको मृत्यु भएपछि परिवारले आज बिहानैबाट अस्पताल बाहिर नाराबाजी गर्दै दोषीलाई कारबाही गरिनुपर्ने, उचित क्षतिपूर्ति दिनुपर्ने माग राखेका थिए । बिरामीका ठूलो बुबा रवि बस्नेतले अस्पतालले गलत औषधि दिएकाले मृत्यु भएको हुनसक्ने आशंका व्यक्त गरे ।
अस्पताल र बिरामीका आफन्तबीच भएको सहमतिअनुसार रु पााच लाख क्षतिपूर्ति र उपचारमा संलग्न चिकित्सकमाथि छानबिन गर्ने सहमति भएको छ । अस्पतालका प्रशासन प्रबन्धक डा प्रकाश भट्टराईले औषधिले असर देखाउनासाथ अस्पताल नल्याउादा बिरामीलाई बचाउन नसकिएको बताएका छन् । रसस

प्रतिक्रिया