Flooding on the floor, 111 dead, 35 missing
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण ३१ मंगलबार । गृहमन्त्री जनार्दन शर्माले झापा, मोरङ, सुनसरी, सिरहा, सर्लाही, सप्तरी, रौतहट, कैलाली, पर्सा, बााके, दाङलगायत तराई
मधेसका जिल्लामा हालैका बाढीले १११ को मृत्यु भएको जानकारी दिएका छन् ।
व्यवस्थापिका–संसद्को मंगलबारको बैठकमा उनले बाढीबाट ती जिल्लाका ८० प्रतिशत भूभागका साथ हजारौं घर डुबानमा परेको, ३५ जना हराइरहेको र हजारौं जनता विस्थापित भएको जानकारी दिादै डुबान क्षेत्रमा हेलिकप्टरका माध्यमबाट राहत वितरण अगाडि बढेको बताए ।
गृहमन्त्री शर्माले बाढीबाट मृत्यु भएका परिवारलाई दुई लाख र घर मर्मत गर्न दश हजार रुपैयाा वितरणसमेत सुरु भएको भएको जानकारी दिादै बाढीपीडितलाई बुधबारसम्म व्यवस्थापन गरिसकिने स्पष्ट गरे । ’सबै भूभाग जलमग्न भएका कारण शव व्यवस्थापन गर्न र अस्थायी पाल राख्ने स्थानसमेतको अभाव छ,’ उनले भने ।
मन्त्री शर्माले बाढीपीडित परिवारमा रोगको संक्रमण नफैलियोस् भन्नाका लागि जनसंख्याका आधारमा चिकित्सक परिचालन तथा क्षतिग्रस्त भौतिक संरचनाको विवरण लिन सुरु गरिएको बताए । रासस
प्रतिक्रिया