Bisal Chautari Logo

महान्यायाधीवक्तामा वसन्तराम भण्डारी सिफारीस

- ३२ श्रावण २०७४, बुधबार ११:१७ मा प्रकाशित


basantaram bhandari Great judge
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण ३२ बुधबार । महान्यायाधीवक्ताका रमण श्रेष्ठले साउन २९ गते राजीनामा दिएपछि सरकारले वरिष्ठ अधिवक्ता वसन्तराम भण्डारीलाई महान्यायाधीवक्ताका रुपमा नियुक्त गर्ने भएको छ।
पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री हुादा नियुक्त भएका रमण श्रेष्ठको राजीनामा पछि सरकारको कानुनी सल्लाहकार पद खाली थियो। खाली पदपूर्ति गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले उनलाई रोजेका हुन्।
दलगत राजनीतिमा सक्रिय नरहेका अधिवक्ता भण्डारी कर्पोरेट लयरका रुपमा स्थापित पुराना कानुन व्यवसायी हुन्। २०३३ सालमा नेपाल बार एसोसिएसनका सदस्यसमेत रहेका उनी कानुनी क्षेत्रमा प्रतिष्ठित वकिल हुन्।

प्रतिक्रिया