Presentation of the amendment bill
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ५ सोमबार । संविधानप्रति असन्तुष्ट जनाउदै आएको मधेस केन्दीत दालका मागलाई सम्बोधन गदै सरकारले संविधानको दोस्रो संशोधन विधेयक निर्णयथ पेस गदै छ । आज दिउसो एक बजे बस्ने संसद बैठकमा विधेयक पेस गर्ने छ ।
विधेयकमाथिको दफावार छलफल बााकी नौ रहेकाले त्यसमा परेका ५० वटा संशोधनलाई क्रमैसाग निर्णयार्थ पेस गर्न समय लाग्ने देखिएको छ । सदमा सत्तारूढ कांग्रेसको २०७, माओवादीको ८२, राजपाको २५, लोकतान्त्रिक फोरमको १६ र संघीय समाजवादी फोरमको १५ सिट छ । भने सदनमा एक/दुई सिट मात्रै भएका केही साना दल पनि संविधान संशोधनको पक्षमा छन् ।
संशोधनको विपक्षमा प्रमुख प्रतिपक्षी एमालेका १८० छन् । र प्रधानमन्त्री निर्वाचनमा सत्तारूढ गठबन्धनलाई साथ दिएको राप्रपाले समेत विपक्षमा मतदान गर्ने निर्णय गरेका कारण संशोधन विधेयक पारित नहुने देखिएको छ ।
कमल थापा नेतृत्वको राप्रपाले संविधान संशोधनको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ भने पशुपतिसमशेर नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) ले संशोधनको पक्षमा मतदान गर्ने बताउादै आएको छ ।
राप्रपाका ३७ मध्ये राणाको पक्षमा १९ सांसद र थापाको पक्षमा १८ सांंसद रहेको बताइादै आएको छ ।
विधेयकका पक्षमा सदनमा कायम रहेको कुलसदस्य संख्या ५ सय ९२ को दुई तिहाइ ३ सय ९५ मत नपरेको अवस्थामा विपक्षमा जति मत परेपनि संविधान संशोधन प्रस्ताव अस्वीकृत हुने छ ।
प्रतिक्रिया