Bisal Chautari Logo

प्रदेश र केन्द्रीय सभाको निर्वाचन एकै पटक मंसिर १० मा

- ५ भाद्र २०७४, सोमबार ०८:४७ मा प्रकाशित


Election of the state and central assembly once in Mansir 10
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ५ सोमबार । सोमबार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठले एकैपटक प्रदेश रकेन्द्रीय संसदको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ ।

सो निर्णयबारे निर्वाचन आयोगलाई जानकारी दिनेसरकारका प्रवक्ता एवं सूचना तथा संञ्चारमन्त्री मोहन बहादुर बस्नेतले जानकारी दिए ।
निर्वाचन एकै चरणमा गर्ने वा दुई चरणमा गर्ने भन्नेबारे निर्वाचन आयोगले नै टुंगो लगाउने पनि उनले जानकारी दिए ।
यसअघि निर्वाचन आयोगले पहिलो चरणको निर्वाचन मंसिर पहिलो साता र दोस्रो चरणको निर्वाचन दोस्रो या तेस्रो सातामा गर्न प्रस्ताव गरेको थियो। हिमाली र उच्च पहाडी ३१ जिल्लामा मंसिर ४ र बााकी ४४ जिल्लामा मंसिर २१ गते गर्ने प्रस्ताव आयोगले गरेको थियो।

प्रतिक्रिया