The President gave a flood victim of one month salary
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ५ सोमबार । मधेसका बाढीपीडितहरुलाई राष्ट्रपति बिद्यादेवी भण्डारीले एक महिनाको तलव बराबरको रकम उपलब्ध गराएकी छिन् ।
राष्ट्रपतिको एक महिनाको तलव बराबारको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । अविरल वर्षाका कारण मुलुकका अधिकांश क्षेत्रमा आएको बाढीका र पहिरोका कारण ठूलो क्षति भएकाले ती क्षेत्रहरुमा राहत, उद्धार र पुन:स्थापनाका लागि दिएकी हुन ।
त्यस्तै राष्ट्रपतिका बिज्ञहरुको सात दिन बराबरको तलव, स्वकिय सचिवसमेत सचिवहरुको पााच दिनको, सहसचिवको ३, उपसचिव र शाखा अधिकृतको २ तथा सहायक स्तरका सबै कर्मचारीको एक दिनको तलव बराबरको रकम प्रधानमन्त्री कोषमा जम्मा हुने गरी छुट्याइएको छ ।
प्रतिक्रिया