4.6 magnitude earthquake center point dolakha
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ५ सोमबारं । सोमबार सााझ ५ बजेर ४८ मिनेटमा दोलखाको जुगु केन्द्रबिन्दू बनाएर ४.६ म्याग्निच्यूडको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । यो गोरखा भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।
२०७२ बैशाख १२ गतेको गोरखा भूकम्पपछि पराकम्प जाने क्रम अझै रोकिएको छैन ।
दोलखा लगायत आसपासका जिल्लाहरु र काठमाडौंमा समेत भूकम्पको धक्का महशुस गरिएको थियो ।
गोरखा भूकम्पपछि अहिलेसम्म ४ म्याग्निच्यूड माथिका ४८५ पराकम्प गएको केन्ऽले जानकारी दिएको छ ।
प्रतिक्रिया