Bisal Chautari Logo

नेपाल पत्रकार महासंघमा गोविन्द आचार्यको प्यानल विजयी (सबैको मतसहित)

- ६ भाद्र २०७४, मंगलवार ०५:११ मा प्रकाशित


Govind Acharya won victory in the Federation of Nepalese Journalists
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ भाद्र ६ मंगलबार । काठमाडौंमा भएको २५ औा नेपाल पत्रकार महासंघमा गोविन्द आचार्य नेतृत्वको प्यानल निर्वा्चित भएको छ । तीर्थ प्यानललाई १ सय ५ मतले पराजित गर्दै आचार्य निर्वा्चित भएका छन् ।
आचार्यले ७३२ र कोइरालाले ६२७ मत पाए । अध्यक्षका अर्का उम्मेदवार उजीर मगरले ५४, ईन्ऽबहादुर राउतले २० र भावना विऽोहीले ६ मत पाइन् । पदाधिकारीमा पनि पूरै आचार्य समूह निर्वा्चित भएको छ ।
उपाध्यक्ष खुल्लामा विपुल पोखरेल, समावेशी उपाध्यक्षमा दिलिप थापामगर, महासचिवमा रमेश विष्ट, सचिवमा रामप्रसाद दाहाल, महिला सचिवमा लक्ष्मी पुन, आदिवासी जनजाति सचिवमा उदय जीएम, मधेसी सचिवमा शीतलप्रसाद महतो, दलित सचिवमा रेमबहादुर विश्वकर्मा, एसोसिएसट सचिवमा प्रकाश थापा, कोषाध्यक्षमा राजेश मिश्र र लेखा समिति संयोजकमा रोशन पुरी निर्वा्चित भएका छन् ।
नवनिर्वा्चित आचार्य प्रेस सेन्टर समर्थित हुन् । उनी यसअघि पनि पत्रकार महासंघको उपाध्यक्ष भइसकेका थिए ।
महाधिवेशनमा यसपटक कांग्रेस निकट प्रेस युनियन र माओवादी केन्ऽ निकट प्रेस सेन्टरसाग एमाले निकट प्रेस युनियनलगायत संगठनले प्रतिस्पर्धा गरेका थिए ।
कुन उमेरद्धवरले कति मत पाए? तल हेर्नुहोस

प्रतिक्रिया