The rescue of the rhino by flooding in India
विशाल चौतारी समाचार
चितवन, २०७४ भाद्र ६ मंगलबार । बाढीले बगाएर भारत पुर्याएको अर्काे दुर्लभ एकसिंगे गौडालाई पनि उद्धार गरी चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको छ ।
फाईल फोटो
बाढीले बगाएर भारतको वाल्मीकिनगरमा पुर्याएको वयस्क गौडालाई उद्धार गरी चितवनको रत्ननगरस्थित निकुञ्जको पूर्वी सेक्टर ल्याइपुर्याइएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी सेक्टर प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिएका छन् । पाठकका अनुसार सोमबार सााझ डार्ट गरेर नियन्त्रणमा लिइएको गौडालाई आज बिहान चितवन ल्याइएको हो । यसरी भारतबाट उद्धार गरिएको यो तेस्रो गौडा हो ।
बाढीले चितवन निकुञ्जबाट चारवटा गौडालाई बगाएर भारत पुर्याएकोमा तीनवटाको उद्धार भएको छ भने एउटा बच्चा गौडाको उद्धारका लागि आज पनि प्राविधिकसहितको टोली भारतमा परिचालन भएको निकुञ्जका सूचना अधिकारी नुरेन्ऽ अर्यालले जानकारी दिए । यसअघि अस्ति आइतबार र साउन २ गते गरेर दुईवटा गौडाको उद्धार गरी चितवन निकुञ्जमा ल्याएर छाडिसकिएको छ । प्राविधिकहरुले बन्दुकमार्फत डार्ट गरेर बेहोस बनाइ खोरमा राखी उक्त खोरलाई ट्रकमा राखेर गौडालाई ल्याउाछन् ।
अर्यालको नेतृत्वमा व्यवस्थापकीय टोली र वरिष्ठ पशु चिकित्सक डा कमल गैरेको नेतृत्वमा प्राविधिकसहित गरी झण्डै ५० जनाको टोली गौडाको उद्धारमा खटिएका छन् । पछिल्लो अनुगमनमा चितवन निकुञ्जमा ६०५ गौडा रहेको तथ्यांक छ ।
उक्त गैंडामध्ये बर्दिया र शुक्लाफााटामा एक दर्जनभन्दा बढी गौडा स्थानान्तरण भइसकेका छन् । बाढीका कारण निकुञ्जमा केही चित्तल, एउटा गौडालगायतका वन्यजन्तुसमेत मरेको पाइएको छ । रासस
प्रतिक्रिया